काठमाडौं- नेपाल इन्भेस्टमेन्ट बैंकले ३३औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
दरबारमार्गस्थित प्रधान कार्यालयमा बिहान ९ बजेदेखि २ बजेसम्म सञ्चालन भएको कार्याक्रममा १ सय १९ जनाले रक्तदान गरेका थिए।
ग्रान्डी इन्टरनेसनल अस्पतालको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, कर्मचारी तथा सहयोगीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए।
वार्षिकोत्सवकै अवसरमा बैंकका कार्यकारी अधिकृत पाण्डेले क्रमिक मुद्दती खाता तथा बालबालिकामा वित्तीय साक्षरता विस्तार गर्ने उदेश्यले प्रकाशित ‘बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता’ नामक चित्रकथा सार्वजनिक गरेका थिए।
नेपाल इन्भेष्टमेन्ट बैंकको केटाकेटी बचत खाता खोल्ने जुनसुकै नाबालक ग्राहकहरुलाई खाता खोल्दा ५ सय रुपैयाँ नगद र प्रत्येक वर्ष जन्मदिनको खुशीयालीमा केक प्रदान गरिनेछ तर यसका लागि सिमित सर्तहरु भने लागु हुनेछन्।
बैंकका भिजा कार्ड प्रयोगकर्ताका लागि सर्तसहित पिओएसमा ३३ प्रतिशत क्यास ब्याक अफर ३३ दिनका लागि प्रदान गरिने छ।
सन् १९८६ मा स्थापना भएको बैंकले यो अवधिसम्म आइपुग्दा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चतम स्थानमा राखी आफ्नो सेवा विस्तार गरिरहेको छ।
बैंकका ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, १ सय १० वटा एटिएम तथा ३ हजार ६ सय ६५ वटा पिओएस मेसिनबाट सेवा दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।