• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

नख्खु विस्फोटमा यसरी निकम्मा बन्यो जासुसी संयन्त्र

ब्युरोका प्रहरी आइजीको निर्देशनमा ‘मालदार’ ठाउँमा भएपछि...
64x64
नारायण अधिकारी मंगलबार, फागुन १४, २०७५  १८:२०
1140x725

काठमाडौं– सरकारको आन्तरिक सुरक्षालाई चुनौती दिँदै शुक्रबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा एकैपटक बम आक्रमण भयो। ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटअगाडि भएको बम विस्फोटमा परेर एक जना सर्वसाधारणले ज्यान गुमाए भने दुई जना उपचाररत अवस्थामा छन्।

उक्त घटनाले आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको जासुसी संयन्त्र कति निकम्मा छ भन्ने प्रमाण प्रस्ट पारेको छ। आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न सेनाको सैनिक विनय महानिर्देशनालय (डिजिएमआई), नेपाल प्रहरीको विशेष ब्युरो, सशस्त्र प्रहरीको विशेष संयन्त्र र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)  परिचालन हुन्छन्। 

तर, यी चारवटै निकायका अधिकारीले प्रभावकारी काम गर्न नसक्दा धेरै ठाउँमा एकसाथ बम विस्फोट भएको सुरक्षा विज्ञहरुले बताएका छन्। विस्फोटको घटनाको पूर्व सूचनासम्म सुरक्षा निकायले नपाउनुमा उनीहरुको भूमिकामाथि स्वाभाविक रुपमा प्रश्नचिह्न उठ्ने पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्।

जंगी अड्डामै रहेको सेनाको गुप्तचर निकाय डिजिएमआईले उक्त घटनाको भेउसमेत पाउन सकेको थिएन। यद्यपि गत दसैंताका भने प्रधानसेनापति पूर्णचन्द्र थापाले विखण्डनकारी समूहको गतिविधि नेपाली सेनाले टुलुटुलु हेरेर मात्रै नबसेको बताएका थिए। उनले विप्लव र सिके राउत समूहलाई लक्षित गर्दै उनीहरुको गतिविधि सेनाले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको र कानुनविपरीत गरे सेना चुप लागेर नबस्ने भन्दै धम्कीपूर्ण अभिव्यक्तिसमेत दिएका थिए। तर, सूचना संकलनमा निकै पोख्त रहेको भनिएको सेनाको जासुसी संयन्त्रलाई समेत चुनौती दिँदै राजधानीमै ज्यान जाने गरी विस्फोट भयो।  

त्यस्तै, राष्ट्रिय अनुसन्धान विभाग एनआइडीको क्षमतामाथि पनि ज्यान जाने गरी भएको बम विस्फोटले प्रश्न उठाएको छ। प्रधानमन्त्री मातहत ल्याइएको यो संयन्त्रले प्रभावकारी काम गर्न सकेको देखिँदैन। उता, सशस्त्र प्रहरी बलको जासुसी संयन्त्रले पनि विस्फोटको कुनै 'क्लु' फेला पार्न सकेन। 

आतंकवाद, अन्तरदेशीय अपराध, भूमिगत समूहका गतिविधिको सूक्ष्म निगरानी गर्ने निकाय हो, नेपाल प्रहरी विशेष ब्युरो। ब्युरो पनि यस घटनामा चुक्न पुग्यो।

सूचना संकलन गर्ने ब्युरोका घुमुवा भन्सारतिर
नेपाल प्रहरीको विशेष ब्युरोले आतंकवाद, अन्तरदेशीय अपराध, भूमिगत समूहहरुको गतिविधिबारे सूक्ष्म अनुसन्धान गर्छ। ब्युरोले संकलन गरेको सूचनाका कारण द्वन्द्वकाल र त्यसपछिका विभिन्न आपराधिक घटना नियन्त्रण गर्न सरकार सफल भएको थियो। 

ब्युरोको भूमिका कति प्रभावकारी हुन्थ्यो भन्ने बुझ्न धेरै टाढा गइराख्नु पर्दैन। दुई वर्षअघि २०७३ कात्तिक ९ गते उपत्यकाकै भक्तपुरबाट विशेष ब्युरोले मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत समूहका अध्यक्ष उपेन्द्र घर्ती मगरसहित १३ क्षेत्रीय इन्चार्जलाई हातहतियार, विस्फोटक पदार्थ तथा दस्तावेज, कब्याट ड्रेससहित पक्राउ गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरीलाई राम्रोसँग परिचालन नगर्दा ब्युरोको भूमिका प्रभावकारी हुन सकेको देखिँदैन। अझ ब्युरोका प्रहरीलाई तराईका विभिन्न जिल्लामा आइजिपी आफैंले घुमुवा बनाएर पठाउन थालेपछि ब्युरोको काम झनै ओझेलमा परेको छ।

फोर्सले सशस्त्र द्वन्द्वको योजनासहित रुकुमको जाङ खारखोलामा उपेन्द्र घर्तीमगरको नेतृत्वमा युद्धसम्बन्धी तालिम दिएको सम्म ब्युरोले पत्ता लगाएको थियो। त्यसबेला ब्युरो प्रमुख बमबहादुर भण्डारी थिए। तीन महिनाभन्दा लामो सूचना संकलनबाट उनीहरुलाई ब्युरोले भक्तपुरबाट पक्राउ गरेको थियो।

फोर्ससँग हातहतियार तथा बन्दोबस्तीका सामग्री, भरुवा बन्दुक, रिभल्बर, कटुवा पेस्तोल, सकेट बम, सुतली बम, पेट्रोल बम, खुकुरी, नाइनस्टिक तथा घरेलु हतियार प्रहरीले बरामद भएको थियो। सिन्धुपाल्चोक जलवीरे क्षेत्रका दुई प्रहरी एकाइ र रुकुमको एक एकाइमा आक्रमणको योजना रहेको दस्तावेजसमेत प्रहरीले फेला पारेको थियो। बेलैमा ब्युरोले सूचना संकलन गरेर ठूलो घटना हुनबाट जोगाएको भन्दै खुबै प्रसंशासमेत भएको थियो। 

त्यही प्रशंसा पाएर वाहवाही पाएको ब्युरो अहिले निकम्मा बनेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आइजिपी मातहत रहेको ब्युरोको स्थिति भद्रगोल छ। अपराध अनुसन्धान र जासुसीको अनुभव भएका सबैजसो प्रहरी अधिकारी निवृत्त हुनु र भएका प्रहरीलाई पनि राम्रोसँग परिचालन नगर्दा ब्युरोको भूमिका प्रभावकारी हुन सकेको देखिँदैन। अझ ब्युरोका प्रहरीलाई तराईका विभिन्न जिल्लामा आइजिपी आफैंले घुमुवा बनाएर पठाउन थालेपछि ब्युरोको काम झनै ओझेलमा परेको छ।

आइजिपी सचिवालयले गत बैसाख २० गते संघीय इकाइ कार्यालय सगरमाथा, क्षेत्री सशस्त्र प्रहरी गण हेटौंडा, जिल्ला प्रहरी कार्यालय सर्लाही, सिन्धुली, नुवाकोट, जाजरकोट, बारा, महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर, सिरहा, पर्सा, रुकुम पश्चिम, इलाका प्रहरी कार्यालय बयरपट्टी सिरहा, जितपुर बारा लगायतलाई पत्र लेख्यो। त्यसमा प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालय मातहतको विशेष ब्युरोमा राख्नुपर्ने भएको भन्दै ६ महिनाका लागि काज पठाउन निर्देशन दिइएको थियो।

उक्त पत्रमा उल्लेख भएअनुसार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा दरबन्दी भएर संघीय प्रहरी इकाइ कार्यालय सगरमाथामा कार्यरत प्रहरी नायव निरीक्षक कृष्णदेव प्रसाद साह, संघीय प्रहरी इकाइ कार्यालय जनकपुरमा दरबन्दी भएर क्षेत्रीय सशस्त्र प्रहरी गण हेटौंडामा कार्यरत प्रहरी सहायक निरीक्षक रामरेख राय यादव, इलाका प्रहरी कार्यालय बयरपट्टी सिरहा दरबन्दी भएर जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी हवल्दार शिवकुमार मण्डल, संघीय प्रहरी इकाइ कार्यालय जनकपुर दरबन्दी भई क्षेत्रीय सशस्त्र प्रहरी हेटौंडामा कार्यरत प्रहरी हवल्दार रामेश्वर प्रसाद यादवलाई आइजिपी सर्वेन्द्र खनालले विशेष ब्युरोमा भन्दै ताने।

अपराध अनुसन्धान र जासुसीको अनुभव भएका सबैजसो प्रहरी अधिकारी निवृत्त हुनु र भएका प्रहरीलाई पनि राम्रोसँग परिचालन नगर्दा ब्युरोको भूमिका प्रभावकारी हुन सकेको देखिँदैन।

त्यस्तै, अस्थायी सशस्त्र प्रहरी गुल्म नारायणीमा कार्यरत हवल्दार विनोदकुमार साह, जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत हवल्दार सुरेन्द्र चौधरी, इलाका प्रहरी कार्यालय बस्तीपुर सिन्धुलीमा कार्यरत हवल्दार अरविन्दकुमार सिंह, इलाका प्रहरी कार्यालय खरानीटार नुवाकोटमा कार्यरत हवल्दार पैदाम्बर अधिकारी, महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा कार्यरत भगवान राय यादव, इलाका प्रहरी कार्यालय नगवा पर्सा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान सञ्जीवकुमार झा र प्रहरी चौकी रत्नावती सिन्धुलीमा कार्यरत प्रहरी जवान भुवाली साह विशेष ब्युरोमा आइजिपीको निर्देशनमा तानिए।  

उनीहरुसहित अहिले आइजिपी खनालका २३ जना घुमुवा छन्। तर, अचम्मको कुरो बिशेष ब्युरोका लागि भनेर तानिएका ती प्रहरी अहिले तराईका विभिन्न जिल्लामा घुमुवाको रुपमा सक्रिय छन्। ६ महिनाका लागि काज भनेर ल्याएका उनीहरुलाई आइजिपीले थप ६ महिना काज थप्दै तराईका वीरगन्ज, जनकपुर लगायत सीमावर्ती नाकातिर पठाएका छन्। उक्त ठाउँलाई प्रहरी अधिकारीहरुले मालदार ठाउँको रुपमा चिन्छन्।

बिआर १६–९०९९ नम्बरको भारतीय गाडी निरन्तर सीमा नाका वारपार गर्ने गरेको पाइएपछि धनुषा प्रहरीले गत साउन ५ गते उक्त गाडीलाई नियन्त्रणमा लिन लागेको थियो। तर, उक्त गाडी आइजिपी खनालले नै जनकपुर पठाएका सई कृष्णदेव साहले चढ्ने गरेको थाहा पाएपछि प्रहरी पछि हटेको थियो। 

आइजिपी खनालले विशेष ब्युरोमा भनेर तानेर जनकपुर पठाएका घुमुवा सई साह एउटा उदाहरण मात्रै हुन्। विशेष ब्युरोका लागि भनेर लगिएका प्रहरी अहिले तराईका विभिन्न जिल्लामा घुमुवाको रुपमा पठाउनुको कारण आफूहले थाहा नपाएका दुई नम्बर प्रदेशका एक उच्च प्रहरी अधिकारीले नेपाल लाइभलाई बताए। ‘आतंकवाद, भूमिगत समूहका गतिविधिको सूचना संकलन गर्नुपर्ने घुमुवालाई अहिले प्रहरीकै निगरानी गर्दै ठिक्क छ। अनि कसरी ब्युरो प्रभावकारी रुपमा सूचना संकलन गर्न सक्छ?’ ती अधिकारीले प्रश्न तेर्स्याए।

सर्वेन्द्र खनाल आइजिपी हुनु अघिसम्म विशेष ब्युरो प्रमुखको सिफारिसमा मात्रै ब्युरोमा प्रहरी लगिन्थ्यो। तर, अहिले अनुसन्धान र सूचना संकलनको राम्रो ज्ञान नै नभएकाले आइजिपी खनालको ठाडो निर्देशनमा ब्युरोका लागि तान्ने र उपत्य बाहिरका जिल्लामा पठाउने काम भएको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन्।

प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्