काठमाडौ– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसन आगामी निर्वाचनका लागि लोकतान्त्रिक समूहले देश दौडाहा सुरु गरेको छ। ‘स्वच्छ न्यायलय र सक्षम कानुन व्यवसायी’ नारासहित लोकतान्त्रिक समूह देश दौडाहामा निस्केको हो।
सबल र निष्पक्ष न्याय प्रदान गर्ने अदालतको पक्षमा ऐक्यबद्धता जनाउँदै कानुन व्यवसायीलाई प्रोत्साह गर्न सो समूहले देशका विभिन्न स्थानमा पुगेर आफ्नो पक्षमा मत माग्न अभियान नै चलाइएको लोकतान्त्रिक समूहले जानकारी दिएको छ।
काँग्रेस निकट डिएलएको सर्मथनमा सुनिल पोखरेलसहितले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्। नेकपा सर्मथित प्रगतीशील कानुन व्यवसायीको तर्फवाट चण्डेश्वर श्रेष्ठको प्यानल दर्ता भएको छ।
निर्वाचन प्रचारका लागि लोकतान्त्रिक प्यानल झापाबाट निर्वाचन प्रचार थालेको जानकारी डिएलएले दिएको छ। मंगलबार उदयपुर, सिराहा जिल्ला अदालत बार र उच्च अदालत जनकपुर बारमा कार्यक्रम गर्दै स्वतन्त्र र कानुन व्यवसायका लागि आफ्नो प्यानललाई जिताउन आग्रह गरे।
देशभर बारका १० हजार ५ सय मतदाता छन्। त्यसका लागि ३५ वटा बुथमा मतदान हुनेछ।
लोकतान्त्रिक समूहले महिला दलित, आदिबासी, जनजाति र सीमान्तकृत जातिका कानुन व्यवसायीलाई स्थापित गराउन प्राथमिकता दिने, वरिष्ठ अधिवक्ताको उपाधि नियमित दिनुपर्ने र अदालतभित्र हुने अनियमितता नियन्त्रण गर्न भुमिका खेल्ने प्रतिबद्धता चुनावी घोषणापत्रमा उल्लेख गरेको छ।
उम्मेदवारी दर्तापछि दुईवटा प्यानल चुनावी प्रतिस्पर्धामा रहेकाले दुवै समूह जिल्ला तथा उच्च बारका प्रतिनिधिसँगको भोट माग्न हिँडेका छन्।
लोकतान्त्रिक प्यानलबाट महिला उपाध्यक्षमा कविता थापा कार्की रहेकी छन्। त्यस्तै प्रदेश १ बाट डिल्लीबहादुर कार्की, प्रदेश २ बाट सुधीरकुमार कर्ण, प्रदेश ३ बाट राजेश्वर अधिकारी, गण्डकी प्रदेशबाट निरन्जनलाल राजभण्डारी, प्रदेश ५ बाट सुनिल कमार श्रेष्ठ, कर्णाली प्रदेशबाट उत्तम आचार्य र सुदूरपश्चिम प्रदेशबाट ठेगेन्द्रराज जोशीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
महासचिवमा लिलामणि पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावलको उम्मेद्वारी परेको छ। लोकतान्त्रिक प्यानलबाट सदस्यमा रुपनारायण विक, शेषमन यादव, मनोज कुमार चौधरी, अमृत लामा, कैलाश विक्रम गुरुङ, शिवानी जोशी, सोनी रघुवंशी, गोविन्द प्रसाद सिग्देल, रमेश कुमार ढकाल, कृष्णभूषण घिमिरे, शिवप्रसाद रेग्मी, खेमराज न्यौपाने, गोपी शर्मा सुवेदी र टेक प्रसाद सुवेदीले उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।