काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका लागि बलिदानी गर्नुपर्ने समय सकिएको बताएका छन्।
सहिद ऋषि देवकोटा ‘आजात’ को ३८औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले अब क्रान्तीकारीहरूले समाज परिवर्तनका लागि ज्यान दिएकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकोले यसलाई मजबुत बनाउन सबैजना लाग्नुपर्ने बताए। 'राजनीतिक अधिकार प्राप्ति मात्र पूर्ण लोकतन्त्र होइन। राजनीतिक अधिकारसागै जनताका आधारभुत आवश्यकता पुरा भएको हुनु पर्दछ। त्यो मात्र पूर्ण लोकतन्त्र हो। सरकार त्यही पूर्ण लोकतन्त्रको अनुभुती जनतालाई गराउन लागि परेको छ,' प्रधानमन्त्री ओलीले भने।
अब उनै सहिदहरुको सपना साकार पार्न सरकारले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्ने बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ।
सहिद आजातले नेपाल जनताको मक्ति,समानताका लागि जीवन आुहती दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, 'मेरो उहाँसँग भेट हुन पाएन। उहाँलाई पढें र सुने मात्र मैले। म जेलमै हुँदा उहाँ मारिको खबर पाँए। तर, पनि वहाँलाई म बाटो नबिराउने गुरुको रुपमा स्मरण गर्दछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।