काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) विप्लव समूहले नख्खुसहित २१ ठाउँमा बम पड्काएको गृहमन्त्रीको दाबी, घटनामा संलग्नताको आशंकामा १६ पक्राउ।
२) विशेष आर्थिक क्षेत्रको जग्गामा निजी क्षेत्रले लगानी गर्न पाउने, ७५ प्रतिशत उत्पादित वस्तु अनिवार्य निर्यातको प्रावधान हटाइयो।
३) नेविसंघभित्र चर्किदैं ३२ बर्षे उमेर हदबन्दी, कांग्रेस पार्टी कार्यालय अगाडि दुई समूहबीच झडप।
४) महिला विश्वकप छनोटमा हङकङमाथि नेपालको जित, ४ विकेटले हरायो, नेरी थापाको उत्कृष्ट बलिङ।
५) र, भेजेजुएलाको सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयबीच झडप, ट्रकमै जले सहायता सामग्री।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।