काठमाडौं– जोरपाटी-सुन्दरीजल सड़क सुधारका लागि नागरिक दबाब समूहले विरोध र्याली र हस्ताक्षर संकलन गरेको छ।
सड़कको खाल्डाखुल्डी र धुलोले जनजीवन प्रभावित भएको भन्दै पीडितले सुधारका लागि स्थानीय र केन्द्र सरकारसँग माग राखेका छन्।
जोरपाटी-सुन्दरीजल सडक 'सुन्दरीजल जलविद्युत आयोजना' बनेसँगै बनेको राजधानीको पुरानो सड़क हो।
मेलम्ची परियोजना सुरु भएपछि परियोजनाको सामान ओसार्ने ठूला गाड़ी चलेपश्चात सड़क झनै जीर्ण भएको दबाब समूहले बतायो।
सडक सुधार नहुँदा लामो समयदेखि जनता प्रभावित भए पनि मर्मतका लागि सरकारले कुनै चासो नदेखाएको भन्दै स्थानीय आक्रोसित बनेका छन्।
स्थानीय सडक उपभोक्ता अलपत्र परेको भन्दै दबाब समूहले गोकर्णेस्वर नगरपालिकाको उपमेयर शान्ति नेपाललाई दबाब पत्र एवम् हस्ताक्षर संकलन बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।