काठमाडौं– काठमाडौं महानगरपालिका–८ पशुपति मन्दिर हंसमण्डपस्थित खुला चौरबाट गए राति ढलोटमा पित्तलको जलप लगाइएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ।
करीब ३.५ फिट अग्लो र ३५ किलो तौल भएको उक्त मूर्ति चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ओम सेना नेपालको कार्यालय सोह्रखुट्टेमा रहेको उक्त मूर्ति सोही संस्थाबाट शिवरात्रि मेलाका लागि पशुपति मन्दिर हंसमण्डप लगिएको थियो।
शिवरात्रि मेलामा आउने बाबाहरूले मूर्ति लगेर राखेकामा राति उक्त स्थानबाट मूर्ति चोरी भएको र चोरीमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।