• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विपद्‍ व्यवस्थापनमा सशस्त्र प्रहरी : गर्‍याे ५ वर्षमा १ लाख २१ हजारको उद्दार

64x64
नारायण अधिकारी आइतबार, फागुन १२, २०७५  १२:१९
1140x725

काठमाडौं–

– माघ १३ गते धादिङको रुबीभ्याली गाउँपालिका–४, हिन्दुङमा २ गोठालसहित २ सय ६० भेडाबाख्रा पहिरोमा पुरिए।

गोठाला जाँदा लगातारको हिमपातपछि हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ ओढारमा बसेका थिए। ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर पुरिएपछि सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा उद्दारका लागि टोली परिचालन भयो। पाँच दिनको अथक प्रयासपछि दुई गोठालाको शव निकाल्न सशस्त्र प्रहरी सफल भयो। पहिरोमा पुरिएकामध्ये ४ भेडा भने जिवितै भेटिए।

– साउन १८ गते सोलुखुम्बुको खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत खुम्बु पासाङल्हामु गाउँपालिका–४ का पेम्बा दोर्जे शेर्पा, पेम्बा नुर्बु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका–५ का सुनील बराइली गोक्यो तालमा पौडी खेल्ने क्रममा बेपत्ता भए।

सशस्त्रको विपद् व्यवस्थापन तालिम विद्यालय कुरिनटारको गोताखोर टोली उद्दारमा खटिएको थियो। उक्त टोलीले तीन विद्यार्थीमध्ये एक विद्यार्थीको शव निकाल्न सफल भएको थियो। दुईको शव अझै फेला पर्न सकेको छैन। उच्च हिमाली क्षेत्र, गहिरो ताल, माइनस तापक्रम र सिमित स्रोत र साधनका कारण गोक्यो तालमा हराएका २ विद्यार्थीको शव अझै निकाल्न नसकिएको हाे।

‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ मुल मन्त्र बोकेको सशस्त्र प्रहरी बलले विपदमा उद्दार गरेका यी दुई घटना प्रतिनिधिमुलक मात्रै हुन्। छोटै समयमा सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा पनि महत्तपूर्ण योगदान गर्दै आएको छ। नेपालमा नै पहिलो विपद् व्यवस्थापन तालिम विद्यालय कुरिनटारमा खोलेर दक्ष जनशक्ति उत्पादन गर्दै सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा काम गर्दै आइरहेको छ।

हिमाली तथा पहाडी क्षेत्रमा जाने हिमपहिराे तथा सुख्खा पहिरो, तराईको बाढी, भूकम्प, सवारी दुर्घटना, आगलागी जस्ता विपद्‍मा सशस्त्र प्रहरी खटिँदै आएको छ। विपद् व्यवस्थापन तालिम केन्द्रबाट प्रशिक्षित दक्ष जनशक्तिलाई खोज, उद्दारमा खटाइँदै आएकाे छ।

सशस्त्र प्रहरीसँग ७ प्रदेशमा ७ वटा र काठमाडौंमा थप १ वटा गरी ८ वटा कार्यालयमा विपद् व्यवस्थापन टिम छ। सुदूरपश्चिम प्रदेशको अत्तरियामा, कर्णाली प्रदेशको सुर्खेतमा, ५ नम्बर प्रदेशको बाँकेमा, गण्डकी प्रदेशकाे पोखरामा, ३ नम्बर प्रदेशको चितवनमा, २ नम्बर प्रदेशको पथलैया, १ नम्बर प्रदेशको सुनसरी पकली र काठमाडौंमा गरी ८ वटा विपद् व्यवस्थापन टिम छन्। हरेक टिमा ५० जना सशस्त्र प्रहरी बलका तालिम प्राप्त कर्मचारी छन्। घटना भएको जानकारी प्राप्त हुनासाथ उक्त टिम परिचालन हुँदै आएको छ। यीनै उद्दार टिममार्फत ठूलो संख्यामा उद्दारकार्य गरिसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

१ लाख २१ हजारभन्दा बढीको उद्दार

सशस्त्र प्रहरी बलले विगत पाँच वर्षको अवधिमा १ लाख २१ हजार ६ सय १५ जनाको उद्दार गरिसकेको छ। सशस्त्रले सन् २०१४ मा २२ हजार ९ सय १६ जनाको उद्दार गरेको थियो। जसमा आगलागीमा ८ हजार ३७, सवारी दुर्घटनामा ११ हजार ४६, बाढीपहिरोमा ३ हजार ७ सय २१ र अन्य विपद्‍मा १ सय १२ जनाको उद्दार गरिएको सशस्त्र प्रहरी बलेको प्रधान कार्यालयसँग तथ्याङ्क छ।

सन् २०१५ मा उद्दार गरिएका व्यक्तिको संख्या बढेर ४२ हजार ८ सय ११ पुगेको थियो। त्यसबेला सबैभन्दा बढी भूकम्पमा २२ हजार जनाको उद्दार गरिएको थियो। त्यस्तै, आगलागीमा ९ हजार ४ सय ६५, सवारी दुर्घटनामा ८ हजार ६ सय ९२, बाढी पहिरोमा २ हजार ६ सय ५४ जनाको उद्दार गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् २०१६ मा ११ हजार ५ सय ३१ जनालाई सशस्त्र प्रहरी बलले उद्दार गरेको थियो। आगलागीमा २ हजार ३ सय २८, सडक दुर्घटनामा ५ हजार ६ सय १, बाढी पहिरोमा ३ हजार ५ सय ४६ र अन्यमा ५६ जनाको उद्दार भएको थियो।

सशस्त्र प्रहरी बलेको प्रधान कार्यालयका अनुसार सन् २०१७ मा २२ हजार ४ सय २० जनाको उद्दार गरिएको थियो। त्यसबेला आगलागीमा ५ हजार ६ सय ८० जना, सडक दुर्घटनामा ११ हजार ७ सय ३२, बाढी पहिरोमा ४ हजार ९ सय ६२ र अन्यमा ४६ जनाको उद्दार भएको थियो।

२०१८ मा भने उद्धारकाे संख्या केही घटकाे देखिन्छ। याे वर्ष २१ हजार ९ सय ३७ जनाको उद्दार भएकोमा सबैभन्दा बढी बाढीपहिरोमा परेका ८ हजार ६ सय ७२ जना थिए। सवारी दुर्घटनामा ६ हजार ९ सय २०, आगलागीमा ६ हजार १ सय ५३ र अन्यमा १ सय ९२ जानको उद्दार गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ।

अहिलेसम्म १ लाख २२ हजार ४ सय ५७ जनालाई विपद् जोखिम न्युनिकरण सचेतना अभियानमा सहभागी गराई तालिम समेत दिइसकिएको छ। विभिन्न संघसंस्था, स्कुल र समुदायमा गरी ती व्यक्तिलाई विपदबाट कसरी जोगिने भन्नेबारे तालिम दिइएको थियो।

उद्दार सामाग्रीको अभाव, थप गर्न सरकारसँग आग्रह

दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले फागुन ८ गते कुरिनटारमा विपद् व्यवस्थापन तालिम सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा विपद् व्यवस्थापनमा वातवरणीय प्रभाव र जलवायु परिवर्तनको बारेमा छलफल भएको थियो।

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पर्दै गएको प्रभाव र यसबाट भविष्यमा हुन सक्ने प्राकृतिक प्रकोपको चुनौति, प्राकृतिक प्रकोपमा हुने मानवीय र भौतिक क्षति, खोज तथा उद्दारका बारेमा जानकारी गराइएको थियो।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापनमा विद्यालयलाई अझ मजबुत बनाउन भविष्यमा विज्ञहरुबाट थप प्रशिक्षण गर्दै विपद् व्यवस्थापन विद्यालयलाई अझै बढी स्रोत साधन जुटाउन आफूहरु हरबखत लागि परिरहेको सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कीशोर प्रधानले बताएका थिए।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन विद्यालयलाई समयमा नै सरकारले थप स्रोत साधनको व्यस्था गरेर यसको क्षमता अभिवृद्धि गर्नुपर्ने र यसबाट कुनै विपद् आइपरे समयमा नै दक्ष जनशक्ति खोज, उद्दारमा छिटो मुलुकभित्र खटाउन सकिने कुरा आतंकवाद विज्ञ नारायण अधिकारीले धारणा राखेका थिए।

सशस्त्रसँग भएका उद्दार सामाग्री अझै पर्याप्त नभएको सहभागीहरुकाे भनाइ थियाे। सशस्त्र प्रहरी बलसँग वाटर सर्च एन्ड रेस्क्यू, डिप वाटर डाइभिङ सुट, र्‍यापिलिङ एन्ड क्लाइम्बिङ, फायर फाइटर, जनेरल सर्च एन्ड रेस्क्यू, डेड बडी म्यानेजमेन्ट लगायतका उपकरण मात्रै छन्। तर, यी उपकरणले मात्रै उद्दार पर्याप्त नहुने बताइएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्