राजविराज– बोल्न नसक्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा सप्तरीमा दुई जना पक्राउ परेका छन्। कञ्चनरुप नगरपालिका ५ पथ्रीका २५ वर्षीय भीम मुखिया र ३५ वर्षीय भरत मुखियालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले शुक्रबार साँझ स्थानीय २० वर्षीया किशोरीलाई कोसीटप्पु वन्यजन्तु आरक्षको जगंलमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ।
बोल्न नसक्ने किशोरीलाई ललाइफकाई जंगलमा पुर्याएर बलात्कार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर प्रतीक विष्टले बताए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।