काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन्।
बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नर्सरीबाट ल्याइएको आँपको बिरुवा रोपेका हुन्। प्रधानमन्त्री पत्नी राधिका शाक्यले भने यही अवसरमा अम्बाको बिरुवा रोपिन्।
जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए।
प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ,अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिए।
प्रधानमन्त्री ओली २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।