• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पोडकास्टमार्फत् अमेरिकाको सामाजिक काममा नेपाली दम्पति

64x64
नेपाल लाइभ शनिबार, फागुन ११, २०७५  ०६:५२
1140x725

काठमाडौं– विश्वको सर्वशक्तिमान् राष्ट्र अमेरिका भन्ने बित्तिकै आम नेपालीको दिमागमा आउने पहिलो कुरा हो, त्यहाँको समृद्धि। त्यहाँ कुनै पनि समस्या छैनन् र दुःखका दिन पनि त्यहाँ प्रवेश गर्नासाथ सकिन्छन् भन्ने सोचाइ धेरैको हुने गर्छ।

तर थोरै मानिसले मात्र त्यहाँको समस्या र पीडाका बारेमा सोचेका हुन्छन्। तर त्यहाँ पुग्ने धेरैले चाँहि वास्तविक समस्या भोगकै हुन्छन्। 

विशेषगरी गरिब राष्ट्रका नागरिक वैधानिक वा अवैधानिक जुनसुकै बाटो अपनाएर भए पनि अमेरिका प्रवेश गर्न चाहन्छन्। धेरै नेपालीले पनि अमेरिका जान लामो समयसम्म दुःखकष्ट सामना गर्नुपरेको र त्यहाँ पुगेपछि धेरै समस्या भोग्नुपरेको समाचार बेलाबेलामा आइरहन्छन्।

गरिब मुलुकबाट जब मानिस अमेरिका प्रवेश गर्छ, धेरैका सपना बीचमा नै तुइन्छ। कारण नयाँ मुलुकको परिवेश तथा उचित मार्गदर्शनको अभाव।

कतिपयले अमेरिकामा प्रवेश गर्ने नयाँ आप्रवासीले स्थानीय नीतिनियम थाहा नहुँदा सामान्य सुविधा पनि उपभोग गर्न पाइरहेका हुँदैनन्। फलस्वरुप आफ्नो उद्देश्य र सपनाबाट भड्किन्छन्। 

नयाँ परिवेशमा स्थानीय रहनसहन तथा संस्कृति बुझेको मानिसले सहयोग गरिदिओस् भन्ने चाहना धेरैको हुन्छ। नव आप्रवासीले सामना गर्नुपर्ने विभिन्न प्रकृतिका समस्या मनन गर्दै नेपाली दम्पत्ति अमेरिकामा सामाजिक काममा जुटेको छ, आप्रवासीलाई सहयोग गर्ने। प्रविधिको विकासलाई भरपूर प्रयोग गरेर।

आफूले भोगेका समस्याबाट पाठ सिकेका पत्रकार अनुज थापा तथा उनकी श्रीमती दीपिका श्रेष्ठले नवआप्रवासीलाई अमेरिकामा सहज होस् भनेर अनलाइन पोडकास्ट सुरु गरेका छन्।

थापाले आप्रवासीका समस्या समाधानमा थोरै मात्रै भए पनि सहयोग पुगोस् भनेर पोडकास्ट सुरु गरेको बताए। हरेक आइतबार हेर्न र सुन्न मिल्ने यो पोडकास्टमा अमेरिका आएर आ–आफनो क्षेत्रमा करियर बनाइसकेका आप्रवासीहरुको अन्तरवार्ता लिने गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विभिन्न माध्यमबाट अमेरिका आइपुगेका आप्रवासीलाई कसरी अमेरिकाको बसाइ सहज बनाउने भन्ने बिषयमा जानकारी दिने उद्देश्यले यो पोडकास्ट सुरु गरिएको जानकारी थापाले टेलिफोनमा दिए। 

सुरुमा नेपाली आप्रवासीलाई मात्र सहयोग गर्ने उद्देश्य लिइएको यो पोडकास्ट समयसँगै दायरा पनि विस्तारित हुँदै आएको छ। सन् २०१८ मा मात्र सुरु भएको यो पोडकास्ट कार्यक्रमबाट आफूहरु निकै उत्साहित भएको थापा दम्पतिको भनाइ छ। 

पोडकास्टमार्फत उनीहरुले अमेरिकामा नेपालीकेन्द्री मात्र नभएर सुडान, बुर्किना फासो, ताईवान, रसिया, एल साल्भाडार, फिलिपिन्स, भारत, पाकिस्तान, इथियोपिया, उज्वेकिस्तानजस्ता देशबाट अमेरिका आएका र सफल भएका ३१ वटाभन्दा बढी श्रृखंला निर्माण गरी सकेका छन्। 

Xtrem

Xtrem

सुन्न र हेर्न सकिने ती पोडकास्ट सुनेर अमेरिकाका आप्रवासीले मात्र नभई अन्य मुलुकमा समेत अनुकरणीय बन्दै गएको छ उनको कार्यक्रम।

बेलायत, अष्ट्रेलियामा बसेका आप्रवासीहरुले समेत यसका कार्यक्रमबाट विदेशमा रहेर पनि आफूले सोचेको क्षेत्रमा लाग्न प्रेरणा र हौसला मिलेको प्रतिक्रिया दिने गरेको अनुजले बताए।

‘विभिन्न क्षेत्रबाट प्राप्त भएका प्रतिक्रियाले काम गर्न झनै प्रेरणा मिलेको छ,’ उनले भने, ‘आफूले गरेको काम अनुकरणीय बनेकोमा एकदमै उत्साहित भएको छु।’ 

विषेशगरी, उक्त पोडकास्ट कार्यक्रममार्फत् उनी अमेरिका भित्रने आप्रवासीलाई अमेरिकाका नियमकानुन बुझाउने खालका कार्यक्रम उत्पादन तथा प्रसारण गर्छन्।

अमेरिकी आप्रवासीले केकस्ता सुविधा पाउन सक्छन् भन्ने जानकारीमूलक विवरण समावेश गरिएका पोडकास्टमा कुन ठाउँमा जाँदा के गर्नु पर्छ भन्ने लगायतका सूचना दिइने गरेको थापाले बताए। 

‘पोडकास्ट कार्यक्रम सुनेर अमेरिका बस्दै आएकी एक जना विद्यार्थीले पब्लिक लाईब्रेरीमा निःशुल्क प्रवेश पाइन्छ भनेर थाहा पाएको प्रतिक्रिया दिइन्।

त्यस्तै, अमेरिकामा करिअर कसरी बनाउने भनेर अलपत्र परेका एक छात्रले मेसेज गरी तपाईको पोडकास्टबाट मैले बाटो पाएँ भन्ने म्यासेज गरे। सामाजिक सञ्जालबाट आउने यस्ता प्रतिक्रियाले  थापा दम्पति झनै उत्साहित छ,’ उनले ठट्यौली शैलीमा भने।

सञ्चारकर्मी दीपिकासँग विवाह भएपछि २०१४ अप्रिलमा न्यूयोर्क हानिएका थापाले अमेरिकामा पत्रकारिताको अध्ययनका साथै सामाजिक काम समेत गर्दै आएका हुन्। श्रीमती दीपिका हरकाममा अनुजलाई सहयोग गर्छिन्।

सरसल्लाह  तथा परामर्श र कार्ययोजनामा दीपिका आफूभन्दा अब्बल रहेको थापाको अनुभव छ। 

अमेरिका पुगेपछि दीपिकासँगको सल्लाहमै काम खोज्नभन्दा पनि पत्रकारिता अध्ययन तर्फ लागे उनी।

सिटी युर्निभसिटी अफ न्यूयोर्कको क्रेग न्यूयोर्क ग्रेजुएट स्कुल अफ जर्नालिज्ममा मेजर इन्टरनेसनल रिपोटिङ एन्ड कन्सन्ट्रेसन मल्टिमिडियामा विषयमा स्नातकोत्तरको अध्ययन पूरा गरे। तर पूर्णकालीन विद्यार्थी बन्न सक्ने अवस्था नभएको उनले बताए। 

‘अध्ययनका लागि रकम जुटाउन काम गर्नै पर्ने बाध्यता थियो। दुई वर्षको समय दुई दशकभन्दा लामो लाग्यो। श्रमपूर्ण बन्यो।

एकातिर पढाई अर्कोतिर खर्चको जोहो। दुबै काम नगरी नहुने अवस्था थियो। अझ नयाँ परिवेशमा काउन्सिलिङ गर्ने कोही नहुँदा निकै गाह्रो भएको थियो,’ उनले विगतको संघर्ष सम्झिए। 

सन् २०१७ मा पत्रकारिता विषयको स्नातकोत्तर तहको अध्ययन पूरा गरेका उनले विभिन्न अमेरिकी सञ्चारमाध्यममा इन्टर्नसिप गरे। अन्ततः २०१८ अक्टोबर ३ का दिन अमेरिकाको मूलधार पत्रिका ‘द स्ट्रिट’मा भिडियो प्रोड्युसरका रुपमा पत्रकारिताको वास्तविक करिअर सुरु गरे अमेरिकामा बसेर।

काठमाडौंको स्टार एफएमबाट पत्रकारिता सुरुवात गरेका अनुजले छापा, टेलिभिजन र अनलाइनमा पनि आफ्नो जीवनको ऊर्जाशील समय खर्च गरे। संघर्ष गरे। प्रतिफलमा धेरै कुरा सिक्ने अवसर पनि पाए।

समाजका समस्या नियाल्न पत्रकारिताले सिकाएको र आफूले हाल गरेको काम पनि पत्रकारिताकै एउटा पाटो भएको बनाउँछन् उनी। 

विभिन्न सपना बोकेर अमेरिका पुगेपछि धेरै व्यक्ति अलमलिने गर्छन्। करियर र सोचाइ एकातिर हुने र उनीहरु अर्कैतिर मोडिने गरेको अनुजको अनुभव छ।

कतिपय मानिसहरु अमेरिकाका सामान्य नियम थाहा नपाएर त्यहा प्राप्त हुने सुविधा उपभोग गर्न नसक्ने र जरिवानामा समेत पर्ने गरेकोलगायतका समस्या उनले देखे, भोगे। 

अमेरिका आउने नवआप्रवासीलाई सहयोग गर्न अनुजले श्रीमती दीपिका श्रेष्ठसँग मिलेर ‘एट दि इन्ड अफ द डे’ नामक साप्ताहिक पोडकास्ट सुरु गरेका हुन्।

यो कार्यक्रम अहिले अमेरिकामा निकै लोकप्रिय बन्दै गइरहेको छ। नव आगन्तुक आप्रवासीका लागि त झन् बढी जीवनोपयोगी पनि। 

सानै भएपनि सामाजिक कामको प्यास मेट्न र आत्मसन्तुष्टिका लागि मात्र पोडकास्ट चलाएका बताउँन् थापा।

‘मलाई कथा भन्न मन पर्छ। कथा यहाँ पनि छ। नेपालमा पनि। म रमाउन सक्ने पेसा पत्रकारिता नै हो। दीपिकाको साथ सहयोग र प्रेरणाले पनि काम गर्न ऊर्जा थपेको छ। यहाँ आएर पनि म त्यो पेसाभन्दा बाहिर जान सकिनँ,’ उनले कथा टुंग्याए।

प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  ०६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्