काठमाडौं- तीनदिने महिन्द्रा अटो मेला भृकुटीमण्डपमा सुरु भएको छ।
मेलामा महिन्द्रा गाडी उत्पादक कम्पनीले उत्पादन गरेका नेपाली बजारमा बिक्री हुँदै आएका ३० भन्दा बढी प्रोडक्ट रहने आयोजकले जनाएको छ। मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले गरेकी हुन्। मेलामा महिन्द्रा कम्पनीले उत्पादन गरेको ६ वटा नयाँ भेरिएन्टका गाडीसमेत सार्वजनिक गरिएको छ।
महिन्द्राले एक्सयुभी ३००, एमपिभी मराजो, ट्रयाक्टर जिभो २४५ र युभो ४१५ तथा महिन्द्राको हेबी कमर्सियल भेहिकलहरु फ्यूरियो तथा ब्लेजो २५ ट्रक र नयाँ ग्रेडर जी ७५ सार्वजनिक गरेको हो।
महिन्द्रा गाडीका लागि नेपालको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटका साथै एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयुक्त रुपमा मेला गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।