काठमाडौं– मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको भीमफेदी क्षेत्रीय कारागारका जेलर मदन अधिकारी घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार ७५ हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो।
आयोगको प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले चौकीदारलाई सरुवा गर्दिन्छु भन्दै उनका दिदीसँग ७५ हजार रुपैयाँ घुस लिएका थिए। आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको हो। जेलर अधिकारी शाखा अधिकृत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।