काठमाडौं- बेलायत भ्रमणमा रहेका अर्थमन्त्री डा युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वेटस्ले नेपालको विकास बारेमा चासो व्यक्त गरेका छन्।
नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्रयाउन बेलायत पुगेका मन्त्री खतिवडासँग हाउस अफ कमन्समा भएको शिष्टाचार भेटघाटमा बेलायती मन्त्री लर्डले २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माण, संघीयत कार्यान्वयन र विकासको बारेमा चासो व्यक्त गरे।
जवाफमा मन्त्री खतिवडाले नेपालमा जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको भन्दै समावेशीताले पूर्ण अभ्यास भएको रहेको स्पष्ट पारे। संसदमा ९० प्रतिशतभन्दा बढी सदस्यले हस्ताक्षर र सहयोगमा निर्माण भएको संविधानकै आधारमा निर्माण भएको नेपालको संघीय संरचना विश्वमा उदाहरणीय भएको उनको भनाइ थियो।
नेपालको संसदमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सीमान्तकृत समुदायको एक तिहाइभन्दा बढी प्रतिनिधित्व भएको उनले बताएपछि लर्डले नेपालबाट संसारले समावेशिताको विषय सिक्नुपर्ने बताएका थिए।
लर्डले खतिवडासँग मुलुक संघीयतामा गएको अवस्थामा राज्यले राजस्वको परिचालनलाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा बेलायतको अनुभवसमेत सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।