काठमाडाैं- सरकारले खेतीयोग्य जमिन बाँझो राख्नेलाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था गर्न लागेको छ।
संघीय संसदमा पेस गरिएको ‘भू-उपयोग विधेयक’मा खेतीयोग्य जमिन बाँझो राख्नेलाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्थासहितको कडा प्रावधान राखिएको हो।
कृषि उत्पादन बढाउन सरकारले सो बाध्यकारी व्यवस्था ल्याउन लागेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन्।
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कृषियोग्य जमिन बाँझो नराख्न किसानलाई अनुदान, औजार, बीउबीजनलगायतका आवश्यक सबै सामग्रीको व्यवस्था पनि गर्न लागिएको जानकारी दिइन्। सरकारले कृषियोग्य जमिन बाँझो नराख्न आगामी ३ वर्ष जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ।
मन्त्री अर्यालले मातपोत तथा नापी विभागहरुमा हुने भ्रष्टाचार अन्त्यका लागि त्यहाँको सबै सेवा विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने महत्वकांक्षी योजना पनि घोषणा गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।