हुम्ला- हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात सुरू भएको छ। गएको कात्तिक १८ गतेबाट हिमपात हुन सुरू भएको हुम्लामा पुस महिनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ।
माघ महिनामा परेको भारी हिउँ पग्लिन नपाउँदै बिहीबारबाट फेरि हिउँ पर्न थालेको छ। आज बिहान निरन्तर परेको हिउँ करीब चार इन्च जमिसकेको छ। हिमपातले चिसो बढ्दै गएको छ।
उत्तरी नाम्खा गाउँपालिकामा हिमपातका कारण एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको नेपाल टेलिकमकाे बिग्रिएकाे टावर एक महिनादेखि मर्मत नहुँदा सञ्चार सेवा अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए।
त्यस क्षेत्रका स्थानीयले नमस्ते, स्काइ टेलिफोन सेवाले काम नगर्दा जिल्ला बाहिर रहेका आफन्तसँग कुराकानी गर्न समस्या भएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।