• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'एमालेरुपी श्रीकृष्णका साथमा अर्जुनरुपी प्रचण्ड आइपुग्नुभएको छ' [भिडियोसहित]

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १०, २०७४  १८:२५
1140x725

स्थानीय तह अन्तर्गत बैशाख ३१ गते निर्वाचन भएको भरतपुर महानगरपालिकाको मतगणनामा जेठ १४ गते राति अकस्मात् नयाँ परिस्थिति आयो, जब माओवादीका कार्यकर्ताले केही मतपत्र च्याते । त्यतिबेलासम्म भएको मतगणनाले एमाले उम्मेदवार देवी ज्ञवालीले जित्ने प्रक्षेपण भइरहेका बेला मतपत्र नै च्यातिएपछि धेरैको ध्यान तानियो । पुन: निर्वाचन भएको सो महानगरपालिकामा माओवादी उम्मेदवार रेणु दाहालले जितिन् । हारपछि पनि ज्ञवालीको चर्चा कम भएन । उनी एकाएक राष्ट्रिय चर्चाको नेता बने।

त्यतिबेला निकै तिक्ततापूर्ण बनेको एमाले-माओवादी सम्बन्ध पछिल्लो समय फेरिएको छ । उनीहरु चुनावी गठबन्धन र पार्टी एकताको दिशामा अघि बढिरहेका छन् । उनै ज्ञवाली आसन्न निर्वाचनमा एमाले र माओवादीका चितवनका उम्मेदवारलाई जिताउने अभियानमा खटिएका छन् । यसै क्रममा काठमाडौं आएका ज्ञवालीसँग नेपाल लाइभका लागि दुर्गा दुलाल र किशोर दहालले गरेको कुराकानी:

देवी ज्ञवालीलाई बलिको बोको बनाइयो भनिन्छ नि!
राजनीति भन्ने कुरा जटिल र पीडादायी मात्रै हुँदैन, स्वप्नदर्शी पनि हुन्छ। यो सरल रेखामा पनि बग्दैन । एक खालको अनुमान गरिन्छ, प्रक्षेपण गरिन्छ । तर, परिस्थिति भन्ने चिज एकाएक परिवर्तन हुन सक्छ । एकैछिन अघि गर्मी थियो, एकाएक बादल लागेर पानी पर्ने, असिना आउने हुन सक्छ । त्यतिबेला अघि तैंले यस्तो लुगा लगाएको थिइस्, किन फेरिस् भन्न मिल्दैन । हिउँ परेपछि गर्मीमा लगाएको लुगा लगाएर हुँदैन, बाक्लो लुगा लगाउनुपर्छ। 

कुरा के भने, परिस्थिति फेरिएपछि अरु चिजहरु पनि फेरिन्छन् । वस्तु, घटना वा अवस्थामा आएको रुपान्तरणमा सम्बन्धित वस्तुप्रति लिएको नीति, दृष्टिकोण, सोच वा धारणालाई परिवर्तन गर्न मद्दत गर्छ । मान्छेले राजनीतिमा एकपटक लिएको धारणालाई सदासदाका लागि ठान्छन् तर त्यस्तो हुँदैन । जब परिस्थितिमा रुपान्तरण आउँछ त्यसपछि नयाँ स्थितिहरु आउँछन्।

अघिल्लो पटक म माओवादीसँग अन्तर्विरोधपूर्ण सम्बन्धका साथ चुनाव लडेको थिएँ । जतिखेर नेपाली कांग्रेसले माओवादीलाई खेलौना बनाएको थियो, एमालेविरुद्ध उपयोग गरेको थियो । मेरो असन्तुष्टि वा घृणा माओवादीसँग थिएन । उसलाई कांग्रेसले बुख्याचा बनायो भन्नेमा मेरो असन्तुष्टि थियो । हिजो कांग्रेसकै उक्साहटमा लागेर मतपत्र च्यातिएको थियो । म जितेको मान्छेलाई हराइएको थियो । यो बुद्धि कांग्रेसले सिकाएको थियो।

मतपत्र कांग्रेसले च्यातेको थियो भन्न खोज्नुभएको?
होइन । कांग्रेसले मतपत्र च्यात्न लगाएको हो । च्यातेको चाहिँ माओवादीले नै हो । तर, भित्री योजनाकारहरुमा कांग्रेस थिए । कांग्रेसले ‘डाइमन्ड कट्स डाइमन्ड’ भन्ने रणनीति अपनायो । अर्थात् उसले वामपन्थीसँग वामपन्थी जुधाएर फाइदा लिन खोज्यो । उनीहरुबीच झगडा र अन्तर्विरोध चर्को पारिदिने कोसिस गर्‍यो । यस्तै अवस्थामा हिजोको द्वन्द्व थियो।

हिजो भरतपुर महानगरको चुनावमै माओवादीसँग तपाईंहरुको तिक्ततापूर्ण सम्बन्ध थियो । त्यसलाई बिर्सेर आज त्यही ठाउँमा माओवादीका निम्ति मत माग्न असहज होला नि!
परिस्थिति धेरै फेरिइसक्यो । यो रुपान्तरणमा हिजोकै आँखाले, हिजोकै दृष्टिले हेर्नु जरुरी छैन । र, कसले कसलाई बुख्याचा बनायो भन्नुको पनि तुक छैन । हिजो जुन अन्तर्विरोधको स्थितिमा हामीले संघर्ष गरेका थियौं । गलत विचार र सोचका विरुद्ध संघर्ष गरेका थियौं।

प्रचण्ड बाढी हुन् । तीव्र वेगको पानीलाई सही उपयोग गर्नुभयो भने त्यसबाट बिजुली निकाल्न सक्नुहुन्छ । उपयोग गर्न जानिएन भने त्यसले विनाश ल्याउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

आगामी चुनावमा प्रचण्डलाई जिताउने अभियानको नेतृत्व गर्दै हुनुहुन्छ भनिन्छ । उनका निम्ति चितवनमा के भनेर मत माग्नुहुन्छ?
प्रचण्डमा केही विशेष गुणहरु छन्, त्यसलाई राष्ट्र हितका निम्ति प्रयोग गर्नुपर्छ । यो देशमा गणतन्त्र निर्माणमा, समाजवादतर्फ अघि बढ्ने क्रममा उनले भूमिका खेलेका छन् । उनका सकारात्मक भूमिकालाई हामीले आत्मसात गरेर राष्ट्र निर्माण गर्ने, शान्ति र समृद्धि ल्याउने दिशातर्फ अघि बढ्नुपर्छ । यिनै भावनालाई लिएर हामी जनतालाई अपिल गछौं। 

अब प्रचण्डबाट ध्वंश हुनेछैन । अब उनीबाट विध्वंशका कुरा आउने छैनन् । उनीबाट सिर्जनाका कुरा हुनेछन् । उनीबाट नवनिर्माणका कुरा हुनेछन् । यसको कारण छ । हेर्नुस्, अर्जुनले त वाण चलाउने हुन् । उनका सारथि श्रीकृष्ण भए जस्तै एमालेरुपी श्रीकृष्णका साथमा अर्जुनरुपी प्रचण्ड आइपुग्नुभएको छ।

त्यस्तै, विगतको द्वन्द्वलाई सुरक्षित अवतरण गराउन उनको ठूलो भूमिका छ । अर्को कुरा, हाम्रो जस्तो भूराजनीतिक प्रभाव भएको देशमा उनले एमाले जस्तो विश्वासिलो शक्तिसँग मिलेर जानुपर्ने सोच राखेका छन् । हामी उनमा अन्तर्निहित गतिशीलता देख्न सक्छौं । परिस्थिति अनुकूल रुपान्तरित हुन सक्ने कला र क्षमतालाई हाम्रा जिल्लावासीले उपयोग गर्न जान्नुपर्छ । उनको क्षमतालाई उपयोग गर्नुपर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअघि पनि दुई/दुई पटक प्रधानमन्त्री भइसकेका नेता हुन् उनी । राष्ट्रिय उँचाइ बनाइसकेका व्यक्तित्व हुन् । अन्तर्राष्ट्रिय समुदायसँग उनको सम्पर्क र सम्बन्ध भएका यस्ता व्यक्तिले आफ्नो ठाउँको विकास गर्छु भनेर लागे भने उनीसँग प्रशस्त आधार छन् । उनीसँग अनुभव र ज्ञान छ । त्यसलाई चितवन क्षेत्र नम्बर ३ का जनताले उपयोग गर्नुपर्छ । यस्तै कुरालाई लिएर म जनताको बीचमा जान्छु।

प्रचण्ड भनेका बाढी हुन् । त्यो तीव्र वेगको पानीलाई तपाईंले सही उपयोग गर्नुभयो भने त्यसबाट बिजुली निकाल्न सक्नुहुन्छ । त्यसलाई उपयोग गर्न जानिएन भने त्यसले विनाश ल्याउँछ । खेत बगाउँछ । घरबार उडाउँछ । प्रचण्ड त्यस्तै मान्छे हुन् । उनीभित्रको ऊर्जालाई, उनको क्षमतालाई राष्ट्र हितमा, राष्ट्र निर्माणका काममा प्रयोग गर्यौं भने त्यो ठिक दिशा बन्छ । त्यसैले प्रचण्डलाई राष्ट्र निर्माण र समृद्धिको दिशातिर लैजानको लागि मेरो तर्फबाट सही भूमिका खेल्छु।

हामी कांग्रेसलाई होइन, कांग्रेसभित्र रहेको यथास्थितिवाद, प्रतिगमनकारी चिन्तन, गतिहीनता, उदासीनता र योजनाविहीनतालाई प्रहार गर्छौं । सिध्याइदिन्छौं।

प्रचण्डको निकै प्रशंसा गर्नुभयो । यो कति तपाईंलाई भित्रैबाट अनुभूति भएको कुरा हो, कति गठबन्धन र एकताबाट उत्साहित भएको औपचारिक भाषा हो?
जुन कुरा तपाईंलाई भित्रैबाट आउँदैन । त्यसलाई बनावटी गरेर बनाउँछु भन्दैमा हुँदैन । बिर्सिइन्छ । कृत्रिमतासाथ व्यक्त गर्नुपर्ने कुरामा बोली लटपटिन्छ । ऊर्जा हुँदैन । तर, अन्तर्निहित रुपमै प्रस्फुटित भएका कुरालाई औपचारिकता व्यक्त गरिएको कुरा ठान्नु हुँदैन । मैले जे देखेँ, भोगेँ र महसुस गरेँ, त्यो तपाईंहरुको बीचमा व्यक्त गरेको छु।

के भनिन्छ भने, प्रचण्डले  कांग्रेससँग मिलेर छोरी जिताए, एमालेसँग मिलेर आफू जित्छन्, बाँकी चल्दै गर्छ । तपाईंले राजनीति गरिरहेको चितवनमा चाहिँ यो गठबन्धन र प्रचण्डको उम्मेदवारीलाई कसरी हेरिएको छ?
शंका गर्नेहरुलाई शंका गर्न दिनुपर्छ । त्यो अधिकार उहाँहरुसँग छ । विगतका कतिपय घटनाले त्यो आशंका हुनु पनि स्वाभाविक हो । तर, चितवनको कुरा गर्दा त्यहाँका जनता वामपन्थी प्रभावी जनता हुन् । उनीहरुले यो एकतालाई अत्यन्तै गौरवका साथ, व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । उनीहरुमा खुसीको सञ्चार भइरहेको छ । उनीहरुले एकताको व्यावहारिक कार्यान्वयन यथाशीघ्र होस् भन्ने चाहेका छन्।
 
कांग्रेसका कार्यकर्ता नि!
उनीहरु आत्तिएका छन् । भूकम्प गएको छ।

बीचमा तपाईंले भन्नुभयो, कांग्रेसले माओवादीलाई प्रयोग गर्‍यो, एमाले कृष्ण हो, प्रचण्ड अर्जुन । अब चाहिँ कृष्णरुपी एमालेले अर्जुनरुपी प्रचण्ड र माओवादीलाई कांग्रेसमाथि प्रहार गर्ने सम्भावना कति छ?
हामी कांग्रेसलाई होइन, कांग्रेसभित्र रहेको यथास्थितिवाद, प्रतिगमनकारी चिन्तन, गतिहीनता, उदासीनता र योजनाविहीनतालाई प्रहार गर्छौं । सिध्याइदिन्छौं।

भरतपुर नगरपालिकाको चुनाव सम्झाएर तपाईंलाई माओवादीको विरोध गर्न उक्साउँदा हुन् नि!
गर्छन् । कहिले देवी ज्ञवाली कांग्रेसमा प्रवेश गर्‍यो भन्छन् । कहिले प्रचण्डको पैसामा बिक्यो भन्छन् । कठपुतली भयो पनि भन्छन् । चरित्रहत्या गर्ने प्रयास पनि गर्छन् । कविता पनि लेख्छन् । अनेक कोसिस पनि गरिरहेका छन् । तर, मेरो राजनीतिक निष्ठा एक दिनमा बनेको होइन । त्यसमा ४० वर्षको इतिहास छ । त्यसैले संगठनको र राष्ट्रको हितमा काम गर्ने सवालमा कसले के भन्छ भन्ने कुरामा म त्यति चिन्तित हुन्नँ।

यो चुनावी एकता मात्रै होइन, पार्टी एकता नै गर्नेछौं । सो पार्टीबाट नेपाललाई १० वर्षभित्रै एसियाको एउटा मध्यस्तरको मुलुकमा रुपान्तर गर्नेछौं।

अबको चुनावपछि कसलाई प्रधानमन्त्री भएको हेर्न चाहनुहुन्छ, प्रचण्ड कि ओली?
दुवै जना प्रधानमन्त्री भइसक्नुभयो । उहाँहरुले कार्यविभाजन गरेर नेतृत्व गर्दा राम्रो हुन्छ भन्ने लाग्छ । ओलीले राष्ट्रियताको अडान, चीनसँगको सम्बन्ध, नाकाबन्दी जस्तो संकटको व्यवस्थापन, जनतामा विकास निर्माणको भावना छर्ने काम गर्नुभयो । मूर्च्छित सपनाहरुलाई पुनर्जागृत गर्नुभयो । यस पटक फेरि जनताको बीचमा अधुरा रहेको कामलाई सम्पन्न गर्नुभए हुन्थ्यो।

राजनीतिमा तपाईंको आगामी भूमिका के हुन्छ?
म पार्टीको असल कार्यकर्ता हुँ । यो सम्पत्ति पार्टीको सम्पत्ति हो । त्यसलाई कहाँ कसरी, कुन ठाउँमा राख्दा पार्टीले, राष्ट्रले र जनताले फाइदा लिन सक्छन्, त्यही ठाउँमा राखोस् भन्ने चाहन्छु।

पछिल्लो समय रेणु दाहालसँग सम्बन्ध कस्तो छ?
उहाँसँग मेरो व्यक्तिगत तिक्तता होइन । व्यक्तिगत रुपमा उहाँसँग मेरो घृणा र विशेष स्नेह केही छैन । एउटा राजनीतिक कार्यकर्ताले अर्को राजनीतिक कार्यकर्तासँग चुनाव लडेको कुरा हो।

हामीले व्यक्तिगत हितका निम्ति स्थापित विधि, परम्परा र प्रणालीलाई तोड्ने र भाँच्ने खालका कामबाट मुक्त बनौं । मैले रेणुजी र अरुलाई गर्ने अनुरोध यस्तै हो । भरतपुरलाई सुन्दर र स्मार्ट सिटीको रुपमा स्थापित गर्ने चितवनवासीको जुन चाहना छ, त्यस अभियानमा म सधैं उहाँलाई सहयोग गर्न तत्पर छु।

वामपन्थी एकताबाट कतिको उत्साहित हुनुहुन्छ?
नेपाली जनताले नेपालको परिवर्तन र समाजवाद निर्माणका लागि धेरै मान्छेले बलिदान दिएका छन् । कष्ट र दुः ख झेले । ती मान्छेको सपना थियो, एकीकृत कम्युनिस्ट पार्टी भएको देख्ने । नेपाली विशेषता सहितको समाजवाद निर्माण भएको देख्ने चाहना थियो, दुई ठूला कम्युनिस्ट पार्टीको एकताले नजिक पुर्‍याइदिएको छ । यो चुनावी एकता मात्रै होइन, पार्टी एकता नै गर्नेछौं । एउटै कम्युनिस्ट पार्टीको मूल प्रवाहीकरण निर्माण गर्नेछौं । सो पार्टीले नेपाललाई १० वर्षभित्रै एसियाको एउटा मध्यस्तरको मुलुकमा रुपान्तर गर्नेछौं । हामी धेरै काम गर्नेछौं। 

संविधानका मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्नेछौं । नेपाली जनताको मुहारमा एउटा नयाँ खुसी ल्याउनेछौं । त्यसो हुँदा आन्दोलनमा लागेका हामीलाई पनि खुसी लाग्नेछ । व्यक्तिगत लाभहानिको कुरा होइन, समाज र राष्ट्रको लाभसँग जोडिन पाइयो भने व्यक्तिगत रुपमा भोगेको दुःख, कुण्ठा, घात, प्रतिघात जस्ता अनेकौं कुरा आफैं स्वत: बिलाएर जान्छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०७४  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्