कावासोती- हिमालयन बैंकको कावासोती शाखाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका रविराज खनालकी श्रीमती गीता खनाललाई ‘दुर्घटना मृत्यु बिमा’ बापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
बैंकले आफ्ना सम्पूर्ण खातावालको ५ लाखसम्मको निःशुल्क दुर्घटना मृत्युबिमा गर्दै आएको छ।
बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले बिमा बापतको सो रकम शिखर इन्स्योरेन्सका प्रतिनिधि यम काफ्लेको उपस्थितीमा खनालकी श्रीमती गीता खनाललाई हस्तान्तरण गरेका हुन।
बिमा बापतको सो रकम बुझ्दै श्रीमती खनालले बैंकको सहयोगले केही मात्रामा राहत मिलेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।