• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बोल्न नसक्ने बालिका बलात्कारपछि ज्युँदै जलाएर हत्या गर्ने पक्राउ, यस्ताे छ घटनाकाे नालिबेली

64x64
नारायण अधिकारी मंगलबार, फागुन ७, २०७५  ११:३७
1140x725

काठमाडौं– धनुषामा बोल्न नसक्ने बालिकामाथि बलात्कारपछि ज्युँदै जलाएर हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको पेवश्र–४ बेगौली टोलका 'निरन' भनिने निरज जर्गा मगर छन्।

धनुषामा आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियाे।

धनुषाकी ११ वर्षीया बालिका दुतिया रसाइलीको शव जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो। मिथिला नगरपालिका–३, हरिहरपुरका नारायण रसाइलीकी ११ वर्षीया छोरी दुतिया फागुन १ गते गाउँमै विवाह भोज खान गएकी थिइन्। साेही क्रममा नै उनकाे बलात्कारपछि हत्या भएकाे थियाे।

उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो। दुतिया बाेल्न सक्दिनन्।

घटना शंकाष्पद भन्दै २ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानबाट बालिकाको सामूहिक बलात्कार गरेर जिउँदै जलाइएको पाइएपछि प्रहरीले हत्यारा खाेजतलासकाे काममा तीब्रता दिएकाे थियाे।

कसरी भयाे घटना?

धनुषाको मिथिला नगरपालिका-३, हरिहरपुरको मरधरस्थित मगरटोलका स्थानीयहरु फागुन २ गते बुधबार विवाहको भोज र नाचगानमा व्यस्त थिए। 'रेशमा' भनेर चिनिने दुतिया राति साढे ८ बजेसम्म विवाह भोजमा देखिएकी थिइन्। त्यसपछि उनको एकचोटी भोलिपल्ट मात्रै बिहान शव भेटिएको थियाे। नांगो र जलेको अवस्थामा शव भेटिएपछि प्रदेश प्रहरी कार्यालय २ र जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान अघि बढाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

पक्राउ परेका निरज जर्घा मगर आफ्नो मामाको घर मिथिला नगरपालिका֪-३ स्थित मगर टोल बस्ने इन्द्र बुर्जा मगरेकी छोरी मन्दिरा बुर्जा मगरेको विवाहमा गएका थिए। विवाह सकिएपछि उनी भोजमा पनि सहभागी भएका थिए। त्यसपछि विवाह घरमा नाचगान समेत भएको थियो।

नाचगानकै बीचमा बिजुलीको लाइन काटिएपछि केही केटाकेटीहरु बाहेक अधिकांश जसो आ-आफ्नो घर गएका थिए। सोही मौकामा रक्सी र गाँजा खाएका जर्घा मगरले ११ वर्षीया बालिका दुतियालाई फकाउन भनि नजिकैको किराना पसलमा लगेर चाउचाउ र फ्रुटी किनिदिएको अनुसन्धानमा खटिएका धनुषाका एसपी शेखर खनालले जानकारी दिए।

चाउचाउ र फ्रुटी किनिदिएपछि बालिकालाई मगरले खोलाको बाटो हुँदै उत्तरतर्फ अन्दाजी २ सय मिटर टाढाको पोखरीको पश्चिमतर्फकाे उखुबारीमा लगेका थिए।

खेतमा पुर्‍याएपछि बालिकालाई चाउचाउ र फ्रुटी खान दिई उनले जबरजस्ती करणी गरेका थिए। पछि बालिकाले गाउँमा गएर पोल खुलाउने डरले मगरले घाँटी थिचेर हत्या गरेका थिए।

हत्या गरेपछि बालिकाको शवलाई लुकाउने र फिंगर प्रिन्ट लगायतका प्रमाण नष्ट गर्न उनले उखुको सुकेको पात, बालिकाको कपडा र चप्पल राखेर लाइटरले आगो लगाएको बताएका छन्।

बालिकालाई आगो लगाएपछि उनी पुन: विवाह घरमा गएर नाच हेरेर बसेका थिए। अन्दाजी राति साढे ११ बजे उनी विवाह घरबाट नाचगान सकेर मामाघर गएर सुतेका थिए।

भोलिपल्ट बिहान उठ्दा गाउँमा हल्ला भएपछि उनी आफैं शव जलाएको ठाउँमा हेर्न गएका थिए। त्यसपछि पुन: मामा घर फर्किएर बिहान १० बजे गाउँबाट भागेका थिए।

मगर विभिन्न चोरी मुद्दामासमेत पटक-पटक पक्राउ परेका व्यक्ति भएको अनुसन्धानबाट खुलेको छ। उनी केटी जिस्काएको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिई कारबाही गरेको थियो। त्यस्तै, सार्वजनिक अपराधमा महानगरीय प्रहरी वृत कालिमाटीले पक्राउ गरेर तीन महिना केन्द्रीय कारागार बसेर छुटेका थिए।

उनी लागुऔषध सेवनकर्ता समेत भएको पाइएको छ। उनका बुवा भारतमा लेवर काम गर्छन्। उनी कहिले काठमाडौं जनकपुर तथा आफन्तकोमा बस्दै आएका थिए। उनी हाउस पेन्ट, खलासी र लेवर काम गर्थे।

छाेरीकाे हेक्का नराख्दा....

दुतसया दिउँसो र साँझको कार्यक्रममा सहभागी भएकी थिइन्। तर, विवाहकाे रमझममा दिन बिताएकी दुतिया घर फर्किनन्। छिमेकमै विवाह भएकाले दुतियाका बाबु, हजुरबा र हजुरआमा उतै सुती होली भनेर आफ्नो घरमा सुते। छाेरी कता सुती भन्ने हेक्का राखेनन्।

केही समयदेखि दुतियाका आमा बुवासँगै बस्दैनथे। दितियाको परिवार अहिले अर्काको घरमा बस्दै आएको छ। आगो ताप्ने क्रममा घर जलेपछि उनीहरू अर्काको घरमा बस्दै आएका हुन्। दितियाका अभिभावकमध्ये ८० वर्षीय हजुरआमा सूर्यमाला रसाइलीको आँखाको दृष्टिशक्ति कमजोर छ। उनका बाबु देवनारायण विश्वकर्मा (रसाइली) सोझो स्वभावका छन्।

यस्तो परिवारमा बुधबारको विवाहको रमझम सकिन नपाउँदै बज्रपात आइपर्‍याे। सम्भवत: उक्त परिवारले सोचेको थिएन होला, बुधबार विवाहको रमझम सकिन नपाउँदै बिहीबार दुतिया होइन उनको शव भेटिनेछ भनेर। तर, भयो त्यस्तै।

बुधबार साँझ विवाहपछि नाचगान भइरहेका बेला विवाह घर गएकी कक्षा २ मा अध्ययनरत दुतिया रसाइली (रेशमा)को शव बिहीबार बिहान १० बजेतिर घरभन्दा करीब २ सय मिटर पर उखुबारीमा फेला पर्‍यो।

बिहीबार बिहानसम्म पनि घर नफर्किएपछि उनको खोजी सुरु भएकाे थियाे। तर, छरछिमेक र गाउँले सबै लाग्दा पनि उनकाे पत्ताे पाउन सकेनन्। बिहीबार बिहान १० बजेतिर खेत जोत्न ट्रयाक्टर लिएर जाने एक जना स्थानीयले बच्चाको शव जलाएको अवस्थामा खेतमा रहेको खबर गाउँमा गरे।

उक्त खबर पाएपछि गाउँलेका बीचमा काैतुहलता र सन्नाटा छायो। जे भए पनि उक्त स्थानमा जानु उनीहरूको बाध्यता थियो, गए। तर, शव झट्टै चिन्न सक्ने अवस्थामा थिएन। दुतियाले लगाउने स्वेटर र हातले शव उनकै हो भनी घरपरिवार र स्थानीयहरुले यकिन गरे।

यस्ताे थियाे घटनास्थल

घटनास्थल पुगेकी महिला अधिकारकर्मी विना कडारीका अनुसार उखुबारीमा उनको शव जलाइएको अवस्थामा फेला परेको थियो। 'शरीरमा कपडा थिएन, वरिपरि रगतका केही छिटाहरु देखा परेका थिए। उनको बलात्कारपश्चात् पहिचान नहोस् भन्ने मनसायले अपराधीले जलाएको हुनसक्ने कडारीले बताइन्।

घटनाबारे तत्कालै गाउँलेले प्रहरीलाई खबर गरे। उखुबारीमा शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी घटनास्थल पुग्यो र अनुसन्धान थाल्यो।

मृतक दुतियाको आधा शरीर जलाइएको अवस्थामा भेटेपछि उनकाे शव पोस्टमार्टमका लागि जनकपुरस्थित अञ्चल अस्पताल लगिएकाे थियाे।

महिला अधिकारकर्मीहरु आन्दोलित

दुतियाको हत्या भएकाे पुष्टि भएपछि हत्यारालाई कारबाहीकाे माग गर्दै महिला अधिकारकर्मीले प्रदर्शन गरेका छन्। ‘दुतिया रसाइलीलाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’, ‘लागुऔषध बन्द गरौं’ जस्ता नारा लगाउँदै महिला अधिकारीकर्मीले मिथिला नगरपालिकाको मुख्यबजार क्षेत्र ढल्केवरमा प्रदर्शन गरेका छन्।

दुतिया हत्याका सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन महिला अधिकारकर्मीहरूले माग गरेका छन्।

पिडित परिवार अर्थात् रेशमाकी आमाले छोडेर गएपछि उनको हेरचाह गर्दै आएकी ८० वर्षीया हजुरआमा सूर्यमाला रसाइली अहिले विक्षिप्त अवस्थामा छिन्। नातिनीमाथि राखेका सपना तुहिएका छन्। सूर्यमालालाई घरमा सघाउने ८५ वर्षीय श्रीमान् र स्पष्टसँग बाेल्न नसक्ने देवनारायण विश्वकर्माको खुसीको संसारमा बज्रपात परेको महिला अधिकारकर्मी कल्पना कडारीले बताइन्।

उनी भन्छिन्, ‘हामी महिला अधिकारकर्मीहरु यस घटनाको सघन रुपमा छानबिन गर्न अनुरोध गर्छौं।’ अपराधीलाई कडा भन्दा कडा कारबाहीका लागि प्रहरी प्रशासन उपर दबाब सिजर्ना गर्ने उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५  ११:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्