काठमाडौं- नेपालका विविध जानकारी र तथ्यांक समावेश गरिएको पुस्तक फ्याक्टस् अफ नेपालको नयाँ संस्करण प्रकाशन भएको छ।
सो पुस्तकमा नेपालका १९ क्षेत्रका तथ्यांक समावेश गरिएको फ्याक्टस् अफ नेपालका प्रमुख कार्यकारी अधिकृत मनिष झाले बताए।
विगत ५ वर्षदेखि नियमित रूपमा प्रकाशन हुँदै आएको पुस्तक सोमबारदेखि बजारमा उपलब्ध हुने जानकारी प्रकाशकले दिएको छ।
उक्त प्रकाशनले नेपालका सातै प्रदेश र विभिन्न क्षेत्रगत तथ्यांक पुस्तक पनि प्रकाशन गर्न लागेको जानकारी दिएको छ।
इ-सेवापसलबाट किन्न सकिने पुस्तकको प्रकाशन र वितरण कथालय प्रकाशनले गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।