क्यानबेर्रा- दोहोरो नागरिकता भएको पत्ता लागेपछि अट्रेलियाका उपप्रधानमन्त्री बार्नाबी जोयस संसदमा रहिरहन अयोग्य ठहरिएका छन्।
उनीसँगै अन्य चार जना राजनीतिज्ञलाई उच्च अदालतले शुक्रबार सांसद हुन अयोग्य ठहर गरेको हो। जोयसकै पार्टीका उपनेता तथा सांसद फिओना नाश, माल्कोलम रोबर्टस्, स्कट लुड्लाम र लारिसा वाटर्स पनि अयोग्य ठहरिएका हुन्।
उनीहरुले भने यसअघि नै सांसद पदबाट राजीनामा दिइसकेका छन्।
अयोग्य ठहरिएका जोयस लिबरल नेशनल पार्टीसँग सत्ता साझेदारी गरेको नेशनल पार्टीका नेता हुन्।
दोहोरो नागरिकता रहेकाले उनीहरु सबै अब सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको छ। अस्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था छ।
जोयस र लुड्लामका बुवाआमा न्युजल्यान्डमा र नाशका बुवा स्कटल्यान्डमा जन्मिएका हुन्। रोबर्टसको जन्म भारतमा भएको हो। वेल्स र उनका बुवाको जन्म भने क्यानडामा भएको हो।
उनीहरुको सांसद पद खारेज भएसँगै अस्ट्रेलियाको वर्तमान सरकारले संसदको बहुमत गुमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।