• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२ Fri, May 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ
बद्री पंगेनी नेतृत्वको संस्थाले गर्‍यो शर्मालाई गीत \'जस्ताको तस्तै\' अपलोड गर्न आग्रह
64x64
नेपाल लाइभ आइतबार, फागुन ५, २०७५  १८:०१
1140x725

काठमाडौं– चुनावताका 'सइँ पनि एमाले, मैपनि एमाले' गीत गाएका लोक गायक बद्री पंगेनी अध्यक्ष भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले 'लुट कान्छा लुट' पुन: युट्युबमा अपलोड गर्न गायक पशुपति शर्मालाई आग्रह गरेको छ।

गीतमा प्रयोग भएका र विवादित भनिएका शब्दहरु सार्वजनिक सञ्चार माध्यममा बारम्बार आइरहेकै भएकाले हटाउन जरुरी नभएको प्रतिष्ठानले ठहर गरेको छ।

त्यस्ता शब्द र आशय समाचार तथा लेखहरुमा आउन हुने र गीत संगीतमा आउन नहुने भन्ने मापदण्ड मान्य हुन नसक्ने बताउँदै गीतलाई जस्ताको तस्तै पुन: अपलोड गर्न अनुरोध गरिएको छ। भनिएको छ, 'सार्वजानीक चासोको विषयलाई नै लोकले गीतको रुपमा स्विकार गरिने हो। तसर्थ पनि लाेक गीतसंगीत लोकले जस्ताको तस्तै सुन्न पाउनु दर्शकश्राेताको अधिकार पनि हो। कलाकार शर्मालाई उक्त गीत जस्ताको तस्तै पुन: अपलोड गर्न अनुरोध छ।'

गीत, संगीत, अभिनय लगायतका अभिव्यक्तिका माध्यमबाट जनताले सरकारको सार्वजनिक पद धारकको आलोचना गर्न पाउनुपर्ने प्रतिष्ठानले जनाएको छ। उक्त कार्य अभिव्यक्ति स्वतन्त्रताअन्तर्गतको अधिकार रहैको धारणा सार्वजनिक गर्दै प्रतिष्ठानले वाक स्वतन्त्रताको हनन सह्य नहुने जनाएको छ। शर्मा उक्त संस्थाका उपाध्यक्ष पनि हुन्।

यस्तो छ प्रतिष्ठानले जारी गरेको विज्ञप्ति:

राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वर्तमान उपाध्यक्ष पशुपति शर्माद्वारा प्रकासीत गीतको बारेमा उठेका बिबाद हरुलाई अध्ययन गर्दा संस्थागत रुपमा केही कुरा हरु प्रष्ट पार्न आवस्यक देखीएकोले निम्न कुरा हरुमा हाम्रो संस्था प्रतिवद्द रहेको कुरा उल्येख गरीन्छ ।

गीत संगीत अभिनय लगायतका अभिब्यक्तीका माध्यामबाट जनताले सरकारको या सार्वजानीक पद धारकको आलोचना गर्न पाउनुपर्छ त्यो अभिव्यक्ती स्वतन्त्रता अन्तर्गतको अधिकार हो भन्ने विषयमा संस्थागत धारणा स्पष्ट पार्न चाहन्छौं । वाक स्वतन्त्रताको हनन सह्य नहुने कुरा समेत दोहोर्याउन चाहन्छौं ।

गीत डिजीटल प्लेटफर्ममा राख्ने या हटाउने संबन्धमा कहि कतै बाट पनि आधिकारिक निबेदन अनुरोध वा जानकारी समेत संस्थामा न आएकोले हटाउने या राख्ने सम्बन्धमा गायक शर्मालाई अहिले सम्म संस्थाले आधिकारीक अनुरोध गरेको छैन र कुनै समुह संस्था या अन्यु कुनै दल या ब्यक्ती कसैले पनि यो गीत बन्द गर्ने विषय लिएर औपचारीक प्रस्ताब दर्ता नगरेको कुरा समेत जानकारी गराउन चाहान्छौं ।

Ncell 2
Ncell 2

पसुपती शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैलाई “फेर्न योग्य” लागेर गीत हटाउनुभएको हो भने त्यो वहाको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ । तर कुनै दवाव या कुनै धम्कीको कारण हटाउनुभएको हो भने गीतलाई जस्ताको तस्तै पुन: अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ । त्यसपछी आईपर्ने विवाद बार्ता र छलफल द्वारा समाधान हुनु पर्दछ र त्यसको अगुवाई गर्न संस्था तयार रहेको छ । 

कलाकारलाई कुनैपनि शक्ति द्वारा दिईएको जुनसुकै किसीमको दवावको राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल घोर भ्रत्सना गर्दछ । राजनैतीक सहभागीतालाई ढोका बाहिरै राखेर संस्थाभित्र केवल कलाकारीता मात्रले स्थान पाउनुपर्दछ र एक कलाकारको अफ्ट्यारोमा सम्पुर्ण कलाकारहरु एकजुट हुनु पर्दछ भन्ने हाम्रो मान्यतामा हामी अडीग रहनु पर्दछ । 

यो समस्या आज एकजना कलाकारको सृजनामा देखीयो भोली अरुकोमा देखीएला र पर्सि अरु कसैकोमा देखीएला । कलाकारको स्वतन्त्रतामा लगाम सगाउने काम कारवाही मान्य हुदैनन भन्नेमा हामी दृढ रहेको कुरा दोहोर्याउन चाहन्छौं ।

धेरै पहिल्यै देखी संगीत विकाश बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठनको लागी हामीले राख्दै आएको मागलाई सरकार द्वारा पटक पटक बेवास्ता गरिदै आएको थियो । विवाद सुल्झाउन अथवा विवाद आउनै नदिन त्यस्तो बोर्डको भुमिका कति महत्वपुर्ण हुन्छ भन्ने कुरा यो घटना बाट पुष्टी हुन गएको छ । पसुपती शर्माको गीतले सेन्सर पास गरी प्रसारण सर्टीफीकेट पाएको हुन्थ्यो भने यसरी बन्द गर्न कसैले दवाव दिन पाउदैनथ्यो तसर्थ यथासक्य छिटो बोर्ड गठन सम्बन्धी हाम्रो मागको सुनुवाई होस भन्ने कुरा पुन उठाउन चाहन्छौं।

shivam cement

shivam cement

अन्त्यमा गीतमा प्रयोग भएका र विवादित भनिएका शब्दहरु सार्वजानीक सञ्चार माध्याममा बारम्बार आईरहेका शब्द हरु हुन । ति शब्द र आशय समाचार लेख हरुमा आउन हुने र गीत संगीतमा आउन नहुने भन्ने मापदण्ड सर्वमान्य हुन सक्दैन । सार्वजानीक चासोको विषयलाई नै हो लोकले गीतको रुपमा स्विकार गर्ने तसर्थ पनि सर्जक द्वारा सृजना गरिएको कलाकृती, गीत संगीत लोकले जस्ताको तस्तै सुन्न पाउनु दर्शक श्रोताको लोकको अधिकार पनि भएकोले लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कलाकार पशुपति शर्मालाई उक्त गीत जस्ताको तस्तै पुन: अपलोड गर्नुहुन अनुरोध गर्दछ ।

अध्यक्ष

बद्रि पंगेनी

प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध?
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्