बाग्लुङ– वित्तीय र सेवामूलक क्षेत्रमा लगानी गर्दै आएको आइएमई समूहले बाग्लुङमा आफ्ना दुई बिमा कम्पनीका शाखा विस्तार गरेको छ।
आइएमई समूहद्वारा सञ्चालित आइएमई जीवन बिमा र आइएमई निर्जीवन बीमा कम्पनी बाग्लुङ शाखाले बिहीबारदेखि सेवा शुभारम्भ गरेका छन्।
दुवै शाखाको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उद्घाटन गर्नुभयो । जीवन बिमाको दोस्रो र निर्जीवन बिमा कम्पनीको २२औंँ शाखा बागलुङमा स्थापना भएको हो । समितिका अध्यक्ष चापागाईंले बिमा कम्पनीले पुँजी निर्माणमा सघाउ पुर्याउने बताए।
आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले न्यूनतम रु २५ हजारदेखि अधिकतम मूल्यसम्म बिमा गर्न सकिने व्यवस्था रहेको बताए।
आइएमई निर्जीवन बिमा कम्पनीले घर, गाडी, व्यवसाय, उद्योगधन्दा लगायतका क्षेत्रमा बीमा सुविधा प्रवाह गर्ने जनाएको छ । दुवै कम्पनीले अलग–अलग स्थानमा शाखा कार्यालय स्थापना गरी सेवा शुभारम्भ गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।