काठमाडौं– भारत प्रशासित कश्मीरको पुलुवामा गत बिहीबार भएको हमलाप्रति राष्ट्रिय जनता पार्टी नेपालले दुःख व्यक्त गरेको छ।
शनिबार पार्टी अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै 'अमानवीय कार्यप्रति राजपा नेपाल गहिरो दुःख व्यक्त गर्दछ।'
पार्टीले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै निजको परिवारप्रति हार्दिक संवेदना तथा घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
भारत प्रशासित कश्मीरमा एक गाडीको लस्करमा भएको लडाकु हमलामा ४६ जना अर्धसैनिक मारिएका बिबिसीले जनाएको छ। इस्लामिक समूह जैश-ए-मोहम्मदले उक्त हमलाको जिम्मेवारी लिएको छ।
घटनापछि भारतले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट पूरै अलग्याइदिने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।