काठमाडाैं- नवगायक कृष्ण कार्की र बिन्दु परियारको स्वरान ‘घरबारमा’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सन्ताेष सुनारकाे शब्द संगीत सुन्न सकिन्छ।
गीतकाे भिडियाेमा पल शाह र आँचल शर्माकाे अभिनय देख्न सकिन्छ।
राजिव समरकाे कोरियोग्राफी रहेकाे गीतकाे भिडियाेलाई रामकुमार केसीले छायांकन गरेका हुन्। यसलाई टेकेन्द्र शाहले निर्देशनसँगै सम्पादन पनि गरेका छन्।
युवापुस्तालाई लक्षित गरी सार्वजनिक गरिएकाे गीतले दर्शक तथा स्राेताबाट सकारात्मक प्रतिक्रिया पाउनेमा आशावादी रहेकाे गायक कार्कीले बताएका छन्। उनले गायनमा भविष्य खाेज्दै पहिलाे सांगीतिक काेसेली दर्शक स्राेतामाझ ल्याएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।