काठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकामा भएको ‘हिंस्रक चरमपन्थी संगठनविरुद्ध विश्वका सुरक्षा प्रमुखहरुको रक्षा सम्मेलन’ मा सहभागी भई स्वदेश फर्किएका छन्।
अमेरिकी सेनाका जनरल जोसेफ एफ डनफर्ड जुनियरको निमन्त्रणामा अमेरिका गएका क्षत्री वासिंटन डिसीमा कात्तिक ६ देखि दुई दिनसम्म चलेको सम्मेलमा सहभागी भए। सो अवसरमा उनले विभिन्न देशका सेना प्रमुख तथा उच्च स्तरीय सैनिक पदाधिकारीसँग भेट गरेका थिए।
बिहीबार फर्किएका प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।