काठमाडाैं- निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनि बुद्ध एयरले अन्तर्राष्टिूयतर्फको दोश्रो उडान भारतको कोलकाताबाट सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
पश्चिम बंगालका राजधानी कोलकाता उडानका लागि बुध्द एयरले त्यहाँ आफ्नो अधिकारिक कार्यालय पनि खोलिसकेको प्रेस विज्ञप्तिमार्फत जनाएकाे हाे।
बुद्ध एयरले नवबर्ष २०७६ को आगमनसँगै बैसाख २ बाट कोलकाता उडान भर्नेछ। दुई तर्फी उडानका लागि कम्पनीले २४ हजार रुपैयाँ भाडा ताेकेकाे छ। कोलकाता-काठमाडाैंको सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनि हो।
सुरुमा साताको ३ दिन सोमबार, बुधबार र शुक्रबार उडान सञ्चालन गर्नेछ। काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समयअनुसार १०ः३० बजे उडान हुनेछ। कोलकाता उडान 'एटिआर ७२' विमानबाट गर्ने कम्पनीले जनाएकाे छ।
यात्रुको समय र पैसाको बचत होस् भन्दै बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरेको छ।
कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने कम्पनीले जनाएकाे छ। यी प्याकेजहरु बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले गर्ने बताइएकाे छ।
कोलकाता उडानका क्रममा हुने व्यापार, कामकाज वा पारिवारिक भ्रमणका माध्यमबाट भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य लिएकाे कम्पनीले जनाएकाे छ। उडान तथा होलिडे प्याकेजमार्फत यसले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिएको छ।
बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ ४ दर्जनभन्दा बढी उडान भरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ बुद्ध एयरले भारतको वाराणसीमा साताको सोमबार र शुक्रबार गरी २ उडान भरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।