काठमाडाैं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जनयुद्ध दिवशकाे अवसरमा सहिदहरुप्रति श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेका छन्।
सशस्त्र युद्धमा सहादत प्राप्त गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली दिन पूर्व नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय कार्यालय रहेकाे पेरिसडाँडा पुगेका प्रचण्डलाई स्वागत गर्न पूर्व माओवादी नेता तथा कार्यकर्ता मात्रै पुगेका छन्।
तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भई नेकपा बनिसकेकाे अवस्थामा पनि पेरिसडाँडामा एमाले नेता तथा कार्यकर्ताहरु अनुपस्थित भएका हुन्। साे क्रममा अध्यक्ष प्रचण्डलाई तत्कालीन माओवादी समर्थित नेताहरु लेखराज भट्ट, मणि थापा, विद्यार्थी नेताहरु र वाइसियलका नेताकार्यकर्ताहरुले स्वागत गरेका थिए।
सहिद स्मृति स्तम्भमा प्रचण्डले पुष्पगुच्छा माल्यार्पण गर्दै उपस्थित नेताकार्यकर्ताहरुलाई अबिर लगाइँदिँदै २४औं जनयुद्ध दिवशकाे शुभकामना दिएका थिए।
जनयुद्ध दिवशकाे अवसरमा आज नेकपाले केन्द्रीय पार्टी कार्यालय, धुम्बाराहीमा विशेष कार्यक्रमकाे आयाेजना गर्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।