काठमाडौं – अस्पताल तथा बिरामीहरूबाट रगतको माग अत्याधिकरुपमा बढ्दा काठमाडौं उपत्यकाभित्र रगतको अभाव देखिएको छ।
पर्वहरू वडादशैँ, तिहार तथा छठका समयमा रक्तदाताका कमी एवं रक्तदान शिविर सञ्चालन समेत कम भएकाले उपत्यकाभित्र रगतको एक्कासी अभाव देखिएको हो।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई रगतको माग र आपूर्तिबीचमा सहजता ल्याउन अहिले कठिन भएको छ । यसका लागि सोसाइटीले आम रक्तदातालाई रक्तदान गर्न र रक्तदानको शिविर बढाउन संघ सस्थालाई आह्वान समेत गरेको छ।
केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले अहिले केन्दमा दैनिक रुपमा दुईसय युनिट (प्रिन्ट) रगतको माग हुनेगरेको र बिरामीका आफन्तमार्फत नै मुस्किलले सो माग पूर्ति गर्ने गरेको जानकारी दिए।
विगतमा पनि विशेष गरी दशैं, तिहार तथा छठका समयमा रगतको अभाव उपत्यकामा देखिने गर्दथ्यो । तर यस पटक तिहार तथा छठमा रगतको बढी अभाव देखिएको केन्द्रले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।