जकार्ता, इन्डोनेसिया – इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ शहरको एक पटका कारखानामा बिहीबार आगलागी हुँदा ३० जनाको मृत्यु भएको छ भने ४६ कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन्।
शहरको सुरक्षा अधिकारी सादुनीका अनुसार घाइते सवैजनालाई स्थानीय विभिन्न तीन अस्पतालमा राखिएको छ।
सदुनीले घटनास्थलबाट स्थानीय टेलिभिजनलाई जानकारी दिँदै भने, “आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने ४६ जना घाइते भएका छन्।”
मृतकमध्ये प्राय उत्पादन कक्षमा काम गर्ने मजदूर रहेका छन्। उक्त पटका कारखाना पीटी पान्सा वौना कम्पनीद्वारा सञ्चालित रहेको थाहा हुन आएको अग्नी नियन्त्रकले जनाएका छन्।
ताङगेराङ शहरका बरिष्ठ प्रहरी आयुक्त हरी कुर्नियावानले प्रारम्भीक अनुसन्धानबाट घटना विद्युत चुहावटका कारण भएका हुनसक्ने बताए। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।