काठमाडौं- नेपाल धितोपत्र बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई रु १४ करोड ८५ लाख बराबरको साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ। बोर्डले सर्वसाधारणलाई बिक्री गर्ने गरी १४ लाख ८५ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो।
प्रतिकित्ता रु १०० अङ्कित दरको साधारण सेयर बिक्रीका लागि अनुमति दिइएको बोर्डले जनाएको छ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
कम्पनीले यसअघि आयोजनाबाट प्रभावित दोलखा र रामेछाप जिल्लाका बासिन्दाका लागि लागि ९ लाख ९० हजार कित्ता सेयर बिक्री गरेको थियो। जारी पुँजी रु ९९ करोड मूल्यको १० प्रतिशत बराबरको रु ९ करोड ९० लाखको साधारण सेयर बिक्री गरेको थियो।
आयोजनाबाट उत्पादित विद्युत रामेछापको खिम्ती गज्र्याङ १३२ केभी प्रसारण लाइनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। कम्पनीले उपल्लो खिम्ती १२ मेगावाट र माथिल्लो खिम्ती ७ मेगावाट क्षमताका आयोजना पनि निर्माण गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।