काठमाडौं- राजधानीको बसुन्धारामा बस र ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
बा ३ ख ९६९० नम्बरको बस र बा१ज ३८०८ नम्बरको भाडाको ट्याक्सीले ठक्कर दिँदा पैदलयात्री सिन्धुली घर भएका ४० वर्षीय टेकबहादुर माझीको मृत्यु भएको हो। गम्भीर घाइते भएका माझीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।
सोही दुर्घटनामा परी महोत्तरी घर भएका उद्धव पौडेल र अर्का एक पुरुष घाइते भएका छन्। उनीहरुको ग्रिन सिटी अस्पताल बसुन्धारामा उपचार भइरहेको छ। बुधबार राति ८ बजे भएको सो दुर्घटनामा संलग्न बस र ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।