काठमाडौं- एनआइसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ५१ करोड खुद मुनाफा आर्जन गरेको छ। सो अवधिमा बैंकले २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधि बैंकको खुद मुनाफा ५७ करोड १८ लाख रहेको थियो।
८ अर्ब ८३ करोड चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ४ अर्ब ४१ करोड रुपैयाँ रहेको छ। कूल सम्पत्ति २ खर्ब १४ अर्ब पुर्याउन सफल बैंकले समीक्षा अवधिमा ३ अर्ब ६० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यसैगरी यस अवधिसम्ममा बैंकले १ खर्ब ४९ अर्ब कर्जा प्रबाह गरेको छ।
देश भर २ सय ७५ शाखा भएको बैंकका २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।