• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

एनसेलको लाभकर विवाद : निरन्तर सुनुवाइ गर्दै किनारा दिने पक्षमा सर्वाेच्च

64x64
नेपाल लाइभ आइतबार, माघ २०, २०७५  १५:३५
1140x725

काठमाडौं– निजीस्तरको दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिदमा लाभकर छलिको विवादलाई सर्वोच्चको वृहत पूर्ण इजलासले निरन्तर सुनुवाइ गर्दै किनारा दिने भएको छ।

एनसेलको लाभकर विवादको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु मीरा खडका, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र  टंकबहादुर मोक्तानको इजलासमा गत बिहीबारदेखि सुनुवाइ भइरहेको छ।

सर्वोच्चको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेपछि लाभकर वापतको कर नतिरी केही रकम विदेश लगे पनि कर कसले बुझाउने भन्ने विवाद बाँकी नै रहेको छ।

उक्त विवाद समाधान नहुदाँसम्म सरकारले कर असुल गर्न पाएको छैन। राज्यकोषमा करिब ७० अर्ब रुपैयाँ संलकन हुनुपर्ने भएकाले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी सम्हालेपछि राणाले यसलाई निरन्तर सुनुवाइ गरी किनारा लगाउन लागेका हुन्।

उक्त मुद्दाको पेशी प्रधानन्यायाधीश राणाले आफूसहित पूर्ण इजलासमा राखेका कारण पनि यसलाई निरन्तर सुुनुवाइ गरी निकास दिन खोजेको देखिन्छ।

एनसेलको लाभकर विवादमा रकम विदेश लैजान अनुमति दिएको भनी आलोचना भइरहेको समयमा राणाले आफूसहितको इजलासमा उक्त मुद्दाको पेशी राखेपछि अब कस्तो फैसला आउला भन्ने चासो बढेको छ।

बिहीबार पक्षका तर्फबाट कानुन व्यवसायीहरुले बहस सुरु गरेका छन्। एनसेलले आफ्ना पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरु बुकिङ गरेको छ।

पछिल्ला दिनमा राणा न्याय सुधारको लागि भन्दै आक्रामक रुपमा देखिएका छन्। प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेलगत्तै राणा चौधरी समूहको टेलिकमलाई अनुमति नदिनेदेखि र व्यापारी अजेय सुमार्गीको रकम फिर्ता गर्नु भन्ने आदेश गरेर चर्चामा आएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

एनसेलको मुद्दामा पनि राणाले आफूसहित सर्वोच्चमा विवादमा नआएका न्यायाधीशलाई इजलासमा राखेका छन्।

यसअघि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विवादमा परेका केही न्यायाधीशको इजलास तोकेर अन्तिम किनारा गर्ने प्रयास गरेका थिए। एनसेलले सर्वोच्चमा आफ्नो पक्षमा फैसला गराउन बिचौलियाहरुको समेत प्रयोग गरेको थियो।

उक्त कुरा नेपाल लाइभले सार्वजनिक गरेलगत्तै मिश्रले उक्त इजालासमा दोस्रो पटक सुनुवाइ गराउन सकेनन्। मिश्रले अवकाश पाएलगत्तै राणाले आफूसहित नयाँ न्यायाधीशको इजलासमा पेशी तोकेका हुन्।

यसअघि सो मुद्दा पन्छाउने उद्देश्यले अन्तिम सुनुवाइमा रहेको अवस्थामा पनि फाइल मगाउने आदेश जारी भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एनसेलको पक्षमा आदेश जारी भई २४ अर्ब ५० करोड रुपैयाँ विदेश लगिसके पनि उक्त कम्पनी नेपालमै रहेकाले कर तिर्नुपर्ने दाबी गर्दै नागरिक समाजका तर्फबाट हालिएको रिट र कम्पनीका तर्फबाट दायर दुवै निवेदन एकै ठाउँमा राखी संयुक्त इजलासबाट सुनुवाइ हुन लागेको हो।

एनसेल र रिनोल्ड होल्डिङ्सले सर्वोच्चमा रिट हाल्दै आफ्नो पक्षमा आदेश लिई रकम विदेश लगेका थिए।

कहिलेबाट सुरु भएको थियो कर छलीको खेल?
कर छलीको प्रकरण ०५८ असार ७ गतेदेखि नै सुरु भएको नयाँ तथ्य खुलेको हो। एक कम्पनीबाट अर्कोमा सेयर स्थानान्तरण गर्ने र त्यसवापतको लाभकर नतिर्ने लामो समयदेखिको खेल भएको समेत पाइएको छ।

नेपाल लाइभलाई प्राप्त तथ्यांकअनुसार, ०५८ देखि ०७२ सम्ममा एनसेलको सेयर १२ पटक किनबेच भएको देखिन्छ। ०५८ मा एक पटक, ०६१ मा तीन पटक, ०६२ मा एक पटक, ०६३ मा दुई पटक ०६४, ०६५ र ०६७ मा एकरएक पटक सेयर खरिद–बिक्री गरिएको देखिन्छ। यस्तै, ०६८ मा दुई पटक र ०७२ मा एक पटक सेयर किनबेच भएको छ।

०५८ साल असार ७ गतेसम्म स्पाइस नेपाल प्रालिको नाममा एनसेल (तत्कालीन समयमा मेरो मोबाइल) को शतप्रतिशत सेयर थियो। जसको सेयर मूल्य तत्कालीन समयमा १ करोड रुपैयाँ थियो।

स्पाइसले ५५ प्रतिशत सेयर भारतीय कम्पनी मोदी कर्प लिमिटेडलाई बिक्री गरेको थियो। त्यस्तै, अर्को भारतीय कम्पनी स्पाइस सेल लिमिटेडको नाममा ५ प्रतिशत र खेतान ग्रुप लिमिटेडको नाममा ४० प्रतिशत रहेको तथ्यांक देखिन्छ।

०६१ मंसिरमा एनसेलको सेयर राज ग्रुप नेपालको नाममा ५५ प्रतिशत स्थानान्तरण भएको देखिन्छ, जुन मोदी कर्पले बिक्री गरेको हो। पछि राज ग्रुप नेपाल समूहले खेतान समूहको ४० प्रतिशत सेयर पनि खरिद गरेको देखाइएको छ। बाँकी ५ प्रतिशत भने स्पाइस सेल भारतकै नाममा रहेको पाइन्छ।

०६१ मंसिरमै साइप्रसमा रहेको डाल्टो ट्रेड कम्पनीले ५७ प्रतिशत सेयर खरिद गरेको देखिन्छ। उक्त सेयरको बिक्रेता भारतीय कम्पनी राज ग्रुप हो। त्यसपछि  सो ग्रुपसँग ३८ प्रतिशत सेयर बाँकी थियो। उक्त सेयरको क्यापिटल मूल्य १० करोड रुपैयाँ निर्धारण गरिएको थियो।

यसअघि सोही सेयरको मूल्य एक करोड रुपैयाँ मात्र देखाइएको थियो। बाँकी ५ प्रतिशत सेयर ०६१ मंसिरसम्म भारतीय कम्पनी स्पाइस सेलकै नाममा रहेको देखिन्छ।
 
०६१ चैतमा एनसेलको सेयर फेरि खरिद–बिक्री भएको थियो। योसँगै एकै वर्षमा एनसेलको तेस्रो पटक सेयरको किनबेच गरिएको थियो। चैतमा टेलियासोनेरा नर्वेको वेस्ट इन्डिजमा रहेको रेनोल्ड्स होल्डिङ कम्पनी सेयर खरिद गर्दै एनसेलको साझेदारको रुपमा भित्रिएको थियो।

रेनोल्ड्स होल्डिङले डाल्टो ट्रेडसँग ४० प्रतिशत सेयर खरिद गरेको देखिन्छ। होल्डिङलाई बिक्री गरेपछि डाल्टो ट्रेडले आफूसँग १७ प्रतिशत सेयर राखेको थियो। बाँकी सेयरमा राज ग्रुपको ३८ र स्पाइस सेलको ५ प्रतिशत हिस्सा थियो।
 
०६२ फागुन २२ गते पुनः एनसेलको सेयर खरिद–बिक्री भएको थियो। फागुनमा रेनोल्ड्स होल्डिङसँग ५८ दशमलब ६, डाल्टो ट्रेड साइप्रससँग १७, राज गु्रपसँग १९ दशमलव ४ र स्पाइस सेल भारतसँग ५ प्रतिशत सेयर रहेको देखिन्छ। राज गु्रपले १८ दशमलव ६ प्रतिशत सेयर बिक्री गरेसँगै रेनोल्ड्स होल्डिङको हिस्सा ५८ दशमलब ६ प्रतिशत पुगेको हो।
 
तीन महिनापछि ०६३ जेठ २३ गते पुनः एनसेलको सेयर किनबेच भएको देखिन्छ। त्यसक्रममा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको नाममा रहेको सिनर्जी नेपाल नामक नयाँ कम्पनी एनसेलमा भित्रिएको थियो। जेठको तथ्यांकमा एनसेलको सेयर साझेदारको रुपमा ५ वटा कम्पनी रहेको देखिन्छ।

रेनोल्ड्ससँग ५८ दशमलब ६, डाल्टो ट्रेडसँग १७, राज ग्रुपसँग ११ दशमलब ४, स्पाइस सेलसँग ५ र नयाँ भित्रिएको कम्पनी सिनर्जीसँग ८ प्रतिशत सेयर थियो।
 
सोही वर्षको असोजमा पनि एनसेलको हिस्सेदारीमा परिवर्तन हुनपुग्यो। असोजमा राज ग्रुप आफ्नो सम्पूर्ण सेयर बेचेर एनसेलबाट बाहिरियो। राजको नाममा रहेको ११ दशमलब ४ प्रतिशत सेयर सिनर्जीले खरिद गरेको देखिन्छ। उक्त मितिसम्म रेनोल्ड्ससँग ५८ दशमलब ६, डेल्टोसँग १७, स्पाइस सेलसँग ५ र सिनर्जीसँग १९ दशमलब ४ प्रतिशत सेयर थियो।
 
उक्त कारोबार भएको एक वर्षपछि ०६४ मंसिरमा सेयरको अर्को कारोबार भएको देखिन्छ। उक्त समयमा स्पाइस सेलको सेयर जफत भएको भनिएको छ। स्पाइस सेलको क्रमशः १ दशमलब ४, ३ र  शून्य दशमलब ६ प्रतिशत सेयर जफत भएको नेपाल लाइभलाई प्राप्त कम्पनीको तथ्यांकमा देखिन्छ।

स्पाइस सेलको सेयर जफतपछि एनसेलको सेयर तीन वटा कम्पनीको स्वामित्वमा आएको हो। यस वर्षको मंसिरमा रेनोल्ड्ससँग ६०, डाल्टो ट्रेडसँग २० र सिनर्जीसँग २० प्रतिशत सेयर हुन पुगेको थियो।
 
०६५ साउन १ गते तीन वटा कम्पनीमा रहेको एनसेलको सेयर दुई वटा कम्पनीमा मात्र रहेको देखिन्छ। साउनमा रेनोल्ड्ससँग ८० प्रतिशत र सिनर्जीसँग २० प्रतिशत सेयर रहेको तथ्यांक छ। रेनोल्ड्सले डेल्टाको २० प्रतिशत हिस्सा खरिद गरी आफूलाई ८० प्रतिशतको मालिक बनाएपछि यस्तो अनुपात बनेको हो।
 
यहाँ आइपुग्दासम्म ‘मेरो मोबाइल’ ब्रान्डमा सञ्चालन भएको कम्पनी ०६७ कात्तिकदेखि एनसेलमा रुपान्तरण भएको थियो। उक्त कम्पनीको सेयर कारोबारका क्रममा एनआरएनका संस्थापक अध्यक्ष महतोले आफ्नै नाममा स्थानान्तरण गरेको देखिन्छ। त्यतिबेला महतोले आफ्नै कम्पनी सिनर्जीको नाममा रहेको २० प्रतिशत सेयर आफ्नो नाममा सारेका थिए।
 
०६८ चैत १६ गते महतोले आफ्नो नाममा रहेको सेयर निरज गोविन्द श्रेष्ठलाई बिक्री गरेका थिए। ०७२ जेठ १९ गतेसम्म उक्त सेयर निरज गोविन्दले सुनिभेरा क्यापिटल भेन्चरलाई बिक्री गरेका थिए। सतिष आचार्यकी श्रीमती भावना सिंहको नाममा उक्त सेयर आएको थियो।
 
यता, रेनोल्ड्सले आफ्नो सेयर हिस्सा एक्जियाटा कम्पनीलाई बिक्री गरेको थियो। एक्जियाटाले नेपालमा आफ्नो उपस्थिति कायम राख्न भावना सिंहको नाममा सेयर राखेको थियो। पावर ब्रोकर सतिष आचार्यलाई प्रयोग गरी नेपालमा राजनीतिक तहसम्म पहुँच कायम राख्न एक्जियाटाले यस्तो गरेको थियो।
 
सेयर किनबेच प्रकरणमा व्यवसायी महतो विभिन्न नाममा जोडिएको तथ्यांकले प्रष्ट देखाएको छ। कम्पनीमा सेयर स्थानान्तरण गर्दा सरकारलाई तिर्नुपर्ने लाभकर २० करोड रुपैयाँको दायित्वबाट बच्न महतोले सर्वोच्च अदालतमा आफूले सेयर बिक्री गरेका बिक्रेता श्रेष्ठमार्फत मुद्दा लडेका थिए।
 
०७२ मा बिक्री भएको सेयरको लाभकर तत्कालीन समयमै ठूला करदाताको कार्यालयले निर्धारण गरी असुल गर्ने प्रक्रिया नथाल्दा यो प्रकरण अदालत पुगेको देखिन्छ। 

प्रकाशित मिति: आइतबार, माघ २०, २०७५  १५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन ब... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्