जनकपुर– प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संघीय सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
संघीय सरकारले प्रदेश तहमा सिडिओमार्फत समानान्तर सरकार चलाउन खोजेको आरोप लगाउँदै मन्त्री सोनलले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
जनकपुरमा आयोजित तेस्रो सहिद कप ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उनले केन्द्र सरकारले संघीयता समाप्त गर्ने षड्यन्त्र गरिरहेको आरोप समेत लगाए।
राजपा नेपालका प्रदेश संसदीय दलका नेतासमेत रहेका सोनलले प्रदेश सरकारको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएमा राजपा नेपालले आन्दोलनको घोषणा गर्ने उद्घोष गरे।
प्रधानमन्त्री केपी ओलीप्रति आक्रमक भएका सोनलले संघीय सरकार सर्वसत्तावादतर्फ उन्मुख भएकाे आराेप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।