जनकपुर– मालपोत कार्यालय महोत्तरीका नासु १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।
कार्यालयका नायब सुब्बा ढकबहादुर कार्कीलाई सेवाग्राहीबाट लिएको १० हजार रुपैयाँ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले शनिबार पक्राउ गरेको हो।
शनिबार दिउँसो महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरबाट उनलाई घुसको रकम सहित रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ।
अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गर्न बापत नासु कार्कीले एक सेवाग्राहीबाट १० हजार रुपैयाँ लिएको र आयोगले पूर्व सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।
उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐन अन्तर्गत कार्वाही प्रक्रिया अगाडी बढाउने जनाएको छ।
पक्राउ परेका नासु कार्की उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १७ का स्थायी बासिन्दा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।