कञ्चनपुर– कैलालीको वर्दगोरीया गाउँपालिका–२ बौनिया गाउँबाट इलाका प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
सोही ठाउँ बस्ने ३६ वर्षीया सृजना चौधरीलाई लागुऔषध चरेससहित पक्राउ गरिएको हो।
दिउँसो करिब १ः१५ बजे विशेष सुराकीका आधारमा प्रहरीले उनकै घरमा गएर खानतलासी गरेकाे थियो। खानतलासीका क्रममा घरमै लुकाएर राखेको १ सय ९७ ग्राम ८ मि. ग्राम लागुऔषध चरेस बरामद गरिएको हो।
उनलाई थप मुद्धा प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय सुखड पठाइएको प्रहरी निरीक्षक ध्रुव बहादुर विष्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।