काठमाडौँ- काठमाडौँ उपत्यकामा विद्यालयका बस चलाउने सवारी चालकले आगामी मंसिर १ गतेदेखि अनिवार्य रुपमा पोसाक लगाउनुपर्ने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान, अभिभावक संघलगायत विभिन्न संघसंस्थाको बैठकले यस्तो निर्णय गरेको हो।
महाशाखाका प्रहरी नायब उपरीक्षक विपीन गौतमले विद्यालयका बस चलाउने चालक र सहचालक दुवै अनिवार्य रुपमा गाढा निलो पोसाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिए।
विद्यालयका सवारी साधनलाई चिन्न सहज हुनका लागि पहेँलो रङ बनाउनुपर्ने निर्णयसमेत भइसकेको बताए। 'विद्यालयका बसले पहेँलो रङ लगाएर नचलाएमा कडा कारबाही गरिनेछ,' उनले भने।
यस्तै बैठकले उपत्यकाभित्रका सबै स्कुलमा ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा लैजाने निर्णयसमेत गरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।