वासिङ्टन, संयुक्त राज्य अमेरिका- शीतयुद्धकालीन समयमा रूससँग भएको महत्वपूर्ण मध्यम दुरीको आणविक हतियार सन्धि (आइएनएफ) बाट फिर्ता हुने घोषणा अमेरिकाले गरेको छ।
रूसी पक्षबाट सन्धिको उल्लङ्घन भइरहँदा यसको पालना गर्न बाध्यकारी अवस्था नहुने अमेरिकाको भनाइ छ।
शनिबारदेखि लागू हुने गरी अमेरिकाले आइएनएफ सन्धिका सर्त तथा नियमलाई नमान्ने र क्रमशः यसबाट फिर्ता हुने प्रक्रिया थाल्ने बताइएको छ। आइएनएफबाट फिर्ता हुने प्रक्रिया आगामी ६ महिनामा पूरा गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जारी एक विज्ञप्तिमा बताइएको छ।
यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले अमेरिकाले आइएनएफ सन्धिबाट फिर्ता हुनेगरी गरेका निर्णयको पूर्णतया समर्थन गर्ने जनाएको छ। नेटोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेटोमा सम्लग्न अमेरिका सहयोगी राष्ट्रहरूले आइएनएफबाट फिर्ता हुने निर्णयलाई पूर्णतया समर्थन गर्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।