काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी असरले उडान तथा अवतरणमा समस्या देखिएको छ।
विमानस्थलको भिजिलिटी ३ हजारदेखि ३५ सय मात्रै हुँदा जहाज अवतरण तथा उडानमा समस्या आएको विमानस्थल कार्यालयका टावर कन्ट्रोल प्रमुख सीताराम भण्डारीले जानकारी दिए।
केही समय अगाडिसम्म जहाज उडान तथा अवतरण आइएफआर प्रविधिबाट मात्रै गर्नुपर्दा जहाज आकाशमै बढी घुम्नुपरेको उनको भनाइ छ। ‘अहिले भिएफआर पनि सञ्चालनमा आइसकेको छ’, उनले भने, ‘अब विस्तारै समय मिलाएर जहाज अवतरण तथा उडान सुरु भएको छ।’
अहिले जहाजमा फन्को मारिरहेको जहाजलाई समय मिलाई अवतरण गराइने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।