
काठमाडौं- १३औं अनसनको अन्त्यपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा गोविन्द केसी अस्वस्थ भएका छन्।
उनलाई १०२ डिग्री ज्वरो आएको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका छन् । बुधबार साँझ ६ बजेतिर उनलाई एक्कासी कामज्वरो आएको हो ।
शिक्षण अस्पतालको एनेक्स टु मा ६०२ नम्बरको बेडमा उपचाररत डा केसीलाई बिहीबार डिस्चार्ज गर्ने तयारी भएको थियो।
डा केसीसँगै रहेका किशोर केसीका अनुसार दिउँसोसम्म सबै सामान्य रहेको स्वास्थ्य साँझ एक्कासी बिग्रिएको हो।
‘सबै कुरा ठीक भएकाले भोलि डिस्चार्ज गर्ने तयारी भएको थियो’, उनले भने, ‘तर अहिले ज्वरो बढेर गएकाले फेरि केही दिन राख्नुपर्ने जस्तो देखिएको छ।’
लगातारको अनशनका कारण डा केसीको शरीर कमजोर बनेको चिकित्सकले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।