
काठमाडौं- सर्वोच्च अदालतले नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा नियुक्त भएका केशवध्वज जेशाीको पक्षमा फैसला गरेको छ। सार्वेच्चको फैसालपछि स्वास्थ्य मन्त्रालयले जोशीलाई काउन्सिलको अध्यक्षमा कामकाज गर्न पत्र पठाएको छ।
गत फागुन १७ गतेको मन्त्रीपरिषदले काउन्सिलका अध्यक्ष बाबुराम हुमागाईंलाई हटाएर जोशीलाई अध्यक्षमा नियुक्त गरेको थियो । तर, हुमागाईंले अदालतमा मुद्धा दायर गरेको थिए। उक्त मुद्धाको ५ गते फैसाल भएको थियो । फैसला पछि मन्त्रालयले आज जोशीलाई अध्यक्षका रुपमा काम गर्न पत्राचार गरेको हो।
तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीले गरेको नियुक्ति नियमसंगत नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पदाधिकारी चयन गर्न सरकारलाई निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम सरकारले काउन्सिलमा अध्यक्ष सहित नयाँ पदाधिकारी नियुक्त गरेको थियो ।
मन्त्रीपरिादले काउन्सिलको रजिस्ट्रारमा पानबहादुर क्षेत्रीलाई नियुक्त गरेको थियो। उनी विरुद्ध पनि मुद्ध परेको थियो । तर, अदालतले तुरुन्तै उनकै पक्षमा फैसाल गरेको थियो । यसैगरी सदस्यहरुमा युरिक रञ्जित, मोहन चौधरी र अमितकुमार गुप्ता नियुक्त भएका थिए। यसअघि बाबुराम हुमागाईं फार्मेसी काउन्सिलको अध्यक्ष थिए। यस्तै, रजिस्ट्रारमा यादव पाण्डे थिए भने प्रदीप लम्साल र महेश भट्ट सदस्यका रुपमा कार्यरत थिए। काउन्सिलको सदस्यमा एक पद रिक्त थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।