उलान बाटोर- संसदमा रहेका बहुमत सांसदहरुले मङ्गोलियाका सभामुखलाई हटाएका छन्।
पदको दुरुपयोग गरेको पुष्टि भएको भन्दै सांसदहरुले सभामुख मियेगोम्बो एन्खबोल्डलाई मङ्गलबार पदबाट हटाएका हुन्।
अधिकारीहरुले दिएको जानकारी अनुसार उनलाई हटाउने कि नहटाउने भन्ने बारेमा भएको निर्वाचनमा ६६ दशमलब २ प्रतिशत मत उनको विपक्षमा परेको थियो।
मङ्गोलियाको संसदमा ७६ सिट रहेको छ। आधा भन्दा बढी अर्थात् ३९ जना सांसदहरूले सभामुखलाई हटाउने पक्षमा उभिएका थिए।
उनले गतल काम गरेको पुष्टि भएपछि केही सांसदहरूले उनलाई पद त्याग्न प्रस्ताव गरेका थिए। तर, उनले अस्विकार गरेपछि मतदान भएको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।