काठमाडौं– माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म गोपीले सोमबार काठमाडौंमा एक विशेष शाेको आयोजना गरेको छ। कलाकारहरु विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्ममा गाई पालक कृषक ‘गोपी’को कथालाई प्रस्तुत गरिएको छ।
इच्छा शक्ति निरन्तरता पछि स्वदेश मै राम्रो उद्धम गर्न सकिन्छ भन्ने संदेश बोकेको फिल्मको आयोजित विशेष शोमा विभिन्न पेशामा आवद्ध व्यत्तित्वको उपस्थिती थियो । फिल्म हेरेर निश्कने अधिकांशले फिल्म राम्रो बनेको प्रतिक्रिया जनाए।
फिल्मको शोपछि पत्रकारहरुसंग छक्का पञ्जा टिमले फिल्म लोकल नेपाली कथामा बनेको र नेपाली मनलिएर फिल्म हेर्न हलसम्म दर्शकहरु आउनु पर्ने बताए। फिल्म हेरिसकेपछि निर्माता तथा कलाकार दीपकराज गिरीले भने, ‘किसानहरुले गौरव गर्न लायक फिल्म बनेको छ। हामी सबैको जिउमा त्यही फिल्ममा देखाईए जस्तै गोबर गनाउँछ। हामी पनि त्यही पृष्टभूमिबाट आएका थियौँ । अहिले फरक कर्ममा छौँ, तर हामी सबै गोपीजस्तै हौँ’।
फिल्मका बारेमा नेकपा नेता योगेश भट्टराईले नेपाली मौलिक कथा बोकेको फिल्म हेर्न पाएकोमा खुसी ब्यक्त गरे । ‘राजनीति गर्ने व्यक्तिलाई समेत फिल्मले प्रेरित गराएको छ, जुन साहस बोकेर फिल्म निर्माण भएको छ त्यसको कदर गर्नुपर्छ,’ नेता भट्टराईको भनाई थियो। । उनले थपे, ‘नेपाल कृषिप्रधान देश भएकाले पनि नेपालमा यस किसिमको फिल्म निर्माण हुनु गौरवको कुरा हो,यसकारण सरकारी तवरबाट पनि फिल्मका लागि केही गर्न सकिन्छ।’

त्यस्तै फिल्मको पात्र ‘गोपी’ जस्तै आफू पनि गाई पालन गर्दै आएको अनुभव साट्दै पूर्व सञ्चारमन्त्री मोहन बस्नेतले पछिल्लो समय वैदेशिक रोजगारीका लागी नेपालीहरु पलायन भइरहेको अवस्थामा नेपालमै केही गर्न सकिन्छ भन्ने संदेश फिल्मले बोकेको र त्यो जमातलाई यसप्रकारका फिल्म देखाउन सकिए फिल्मको उदेश्य पुरा हुने विचार राखेका थिए ।असफलता नै सफलताको कडी हो भन्ने संदेश फिल्ममा रहेको उनको भनाई थियो।
नेत्री नविना लामाले सम्भावनाको खोजी गर्न सके नेपाल मै बसेर आर्थिक रुपमा सवल बन्न सकिने संदेश फिल्मले बोकेको बताईन् । आर्थिक रुपमा सवल बन्नका लागी विदेश नै धाउनुपर्छ भन्ने सोच बोकेका युवाका लागि फिल्म ‘गोपी’ एउटा राम्रो संदेश बन्न सक्ने नेत्री नविनाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।