काठमाडाैं- प्रधानमन्त्री निवासअघि सिठी जुलुस गर्ने आधा दर्जन बढी नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
जबर्जस्ती चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेकाे तथा नेपाली कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद काेइराला र सुशील काेइरालाकाे नाममा रहेका अस्पतालकाे खारेजी गर्ने सरकारकाे निर्णयकाे विराेध गर्दै नेविसंघले आज सिठी जुलुस निकालेकाे हाे।
जुलुसमा सहभागी नेविसंघका पुर्व केन्द्रीय सदस्य गणेश सापकाेटा, केन्द्रीय सदस्य सशील भट्ट, निरञ्जन थापासहितका आधा दर्जनभन्दा बढी विद्यार्थीहरु पक्राउ परेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारकाे तीन नम्बर गेटअघि विरोध प्रदर्शनमा उत्रिएका उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।