काठमाडौं– गायिका मिलन अमात्यको चौथो एल्बम ‘मिलन यात्रा’ सार्वजनिक भएको छ। गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्य तथा वरिष्ठ गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभको आतिथ्यमा उक्त एल्बम सार्वजनिक गरिएको हो। उक्त कार्यक्रममा अमात्यको पाँचौ एल्बममा समावेश गीत ‘मन रेशम’को भिडियो पनि सार्वजनिक गरिएको छ।
मिलन यात्रामा ७ गीत समावेश छन्। जसमा योगेन्द्रमणि दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत सुन्न सकिन्छ।
नयाँ गीतको भिडियोमा मिलन अमात्य र कमल खत्रीको स्वर तथा अभिनय छ।
कार्यक्रममा अमात्यले ‘सिंगिङ फर सोसाइटी’ भन्ने उदेश्यसहित ‘मिलन च्यारिटी फाउन्डेसन’को सुरुवातसमेत गरेकी छन्। आफ्नो सांगितिक प्रस्तुति र सामग्रीबाट आउने रकमको केही अंश समाजसेवामा खर्चने उद्देश्यसहित संस्थाको सुरुवात गरेको अमात्यको भनाइ छ। प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता ‘सहिद स्मृति आवासीय माध्यमिक विद्यालय’ इटहरीमा केन्द्रित गरिएको जानकारी गराइन्।
भिडियो-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।