काठमाडौं - राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले अनशनरत प्रा डा गोविन्द केसीसँग फलदायी वार्ता गरी अविलम्ब समस्या समाधानको उपाय खोज्न र अनशनको बाटो तत्काल बन्द गर्न आह्वान गरेको छ ।
सरकारसँग विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने, अनशनरत डा केसीसँग फलदायी वार्ताका लागि सरकारले पहल गर्नुपर्ने र केसीले अनशन बन्द गर्नुपर्ने प्रतिष्ठानको सुझाव छ ।उक्त प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेल र महासचिव हरिश्चन्द्र भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रतिनिधिसभाबाट सो विधेयक पारित हुनु र त्यसपछि पक्षविपक्षमा राजनीतिक दल, स्वास्थ्यकर्मी तथा नागरिक समाज विभाजित हुनाका साथै स्थिति थप अन्योलपूर्ण भएकाले वार्ताबाट समाधान गर्न आग्रह गरिएको हो ।
गत पुस २६ गतेदेखि डा केसी सोह्राैं पटक आमरण अनशनमा रहेका छन्। उनकाे स्वास्थ्यस्थिति दिनप्रतिदिन कमजोर हुँदै गएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।