डडेलधुरा- डडेलधुरामा भरुवा बन्दुक खेलाउँदा पड्केर गोली लागी एक बालिका घाइते भएकी छन्।
जिल्लाको नवदुर्गा गाउँपालिका-५ कि १० वर्षीया आरतीकुमारी बिक आफ्नै दाइ १५ वर्षीय कुलदिप बिकले भरुवा बन्दुक खेलाउने क्रममा पड्किदा गाेली लागेर घाइते भएकी हुन्।
उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेलधुरा हुँदै थप उपचारको लागि कोहलपुर मेडिकल कलेज, बाँके लगिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले कुलदीप बिक र सोही ठाउँ बस्ने २८ वर्षीय दीपक ऐरलाई समेत नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरिक्षक डम्बरबहादुर केसीले बताए।
उक्त बन्दुक दीपक ऐर र सोही ठाउँ बस्ने २९ वर्षीय मोहन्तबहादुर साउदले राखेको अनुसन्धानबाट खुल्न आएको डडेलधुरा प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।