काठमाडौं– रेष्टुरेन्ट तथा बारहरुमा उपभोक्ताहरुलाई लगाइँदै आएको १० प्रतिशत सेवा शुल्क हटाइएको छ। रेष्टुरेन्ट तथा बार एसोसियसन नेपाल (रेबान)को सोमबार काठमाडौंमा सम्पन्न भेलाले सेवा शुल्क हटाउने निर्णय गरेको हो।
सेवा शुल्कका सम्बन्धमा उपभोक्ताहरुबाट चौतर्फी विरोध तथा असन्तुष्टि व्यक्त गरिएकोले उपभोक्ता हित तथा अनुरोधलाई ध्यानमा राखेर सो व्यवस्था हटाइएको रेबानले जनाएको छ।
निर्णयसँगै अब सोमबार देखिनै रेबानमा आबद्ध काठमाडौं, पोखरा र सौराहाका बार तथा रेष्टुरेन्टहरुमा सेवा लिएवापत शुल्क लाग्नेछैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।