नयाँ दिल्ली (एजेन्सी)– पोर्नस्टार मिया खलिफालाई पहिलेदेखि नै इस्लामिक स्टेट (आइएस) ले ज्यान मार्ने धम्की दिँदै आएको छ । यस्तो अवस्थामा उनले अर्को विवादलाई जन्म दिएकी छिन्।
उनको हालै सार्वजनिक भएको एउटा तस्बिरले बबाल सुरु भएको छ । उनी तस्बिरमा क्रिश्चियनहरुको आस्थासँग जोडिएका जिससको आमा ‘मदर मेरी’ को रुपमा सार्वजनिक भएकी छिन्।
सो तस्बिर सार्वजनिक भएपछि सोसल मिडियामा भद्दा टिप्पणीको सिलसिला सुरु भएको छ।
मियाले ‘मदर मेरी’ को अवतारमा फोटो खिचाउनुको तात्पर्य पाकिस्तानी नोबेल पुरस्कार विजेता मलाला युसुफजाईको समर्थनमा थियो । केही समय अगाडि मलालाको जिन्स पहिरिएको तस्बिर सार्वजनिक भएपछि उनीमाथि गालीगलौज भएको थियो।
त्यो तस्बिरका लागि मलालालाई मिया खलिफासँग पनि तुलना गरिएको थियो । खलिफाले कपडा पहिरिएको आधारमा कसैको चरित्रको पहिचान हुन नसक्ने सन्देश दिएकी छिन् । तर, सोसल मिडियामा उनलाई गाली गर्नेहरुले लेखेका छन्, ‘धर्मको इज्जत गर्न सिक, नभए ठूलो नोक्सानी बेहोर्नुपर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।